१६ भाद्र २०८३ मंगलबार
image/svg+xml

बाराका ११ वर्षीय बालकको अपहरणपछि भारत लगेर ह’त्या, १७ वर्षीय किशोर पक्राउ

बाराको विश्रामपुरबाट हराएका ११ वर्षीय बालक राजेश कुमार साहको अपहरणपछि भारत पुर्‍याएर हत्या गरिएको घटनामा संलग्न १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

भोटेकोशी बाढी जलवायु परिवर्तनकै प्रभाव : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रको तापक्रम १.८ डिग्री सेल्सियसम्म वृद्धि भइसकेको पुष्टि भएको उल्लेख गरे।

कृष्णभीरमा भदौसम्म ट्र्याक खोलेर सवारी चलाइने, दीर्घकालीन रूपमा सुरुङमार्गको योजना

पृथ्वी राजमार्गको अवरोध हटाएर राजधानीको लाइफलाइन जोड्न धादिङको कृष्णभीरमा चालु भदौ महिनाभित्रै नयाँ ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ।

रसुवा बाढीपीडितलाई जुम्लाबाट पनि सहयोग, गुठिचौरले पठायो १२ लाख ६७ हजार रुपैयाँ

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार सहयोग रकममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट संकलित रकम समावेश गरिएको छ।

सडक-पुल जोड्न यस्तो छ सरकारको पूर्वाधार खाका

भोटेकोशी नदीको बाढीले ३१ वटा पक्की र ४८ वटा झोलुङ्गे पुल बगाएपछि सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल पुनः जोड्न बेलीब्रिज निर्माणको कार्यलाई युद्धस्तरमा अगाडि बढाएको जनाएको छ।

चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो

चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत साँझ करिब ५ः३० बजे राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

बाढीपछिको अर्को चुनौती- महामारी, हैजा र झाडापखाला रोक्न विशेष संयन्त्र सक्रिय: प्रम

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रहरूमा विपद्पछिको सम्भावित सरुवा रोग र महामारी फैलिन नदिन सरकारले विशेष स्वास्थ्य निगरानी तथा प्रतिकार्य प्रणाली सक्रिय बनाएको छ।

बाढीपछिको पुनः स्थापनामा जुट्यो सरकार, स्थानीय तहका लागि १ अर्ब निकासा

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहतको चरण पार गर्दै सरकार अब नागरिकको व्यवस्थित पुनःस्थापनातर्फ अग्रसर भएको बताएका छन्।

रसुवा बाढीपछि विज्ञको भन्छन् : पुलमुनि सडक र बस्ती विकास गर्ने हामी कति मूर्ख ?

खोला तथा नदीको बहाव क्षेत्र मिचेर सडक, घर तथा अन्य संरचना निर्माण गर्ने प्रवृत्तिप्रति विज्ञहरूले आपत्ति जनाएका थिए।

रसुवा बाढी ब्रफिङ- मृतक संख्या १,०५६ पुग्यो, करिब ४ हजार बेपत्ता, झन्डै १२ हजारको उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५० पुगेको छ भने हालसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि जलविद्युत् कम्पनीद्वारा १ करोड ६५ लाख सहयोग

विपद्को कठिन घडीमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्यले प्रभावित परिवारलाई तत्काल राहत पुग्नुका साथै पुनर्स्थापनाको अभियानमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे।

बाढी प्रभावित क्षेत्रमा कालिमाटीबाट १६ हजार किलो तरकारी पठाइयो

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूका लागि कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा १६ हजार ६ सय किलो ताजा तरकारी तथा अत्यावश्यक राहत सामग्री पठाइएको छ।

भोटेकोशी–त्रिशूली बाढीपीडित मधेशका परिवारलाई १ लाख राहत, घाइतेको निःशुल्क उपचार

प्रदेश मन्त्रिपरिषद्को बैठकले विपद्मा परी मृत्यु भएका मधेश प्रदेशका नागरिकका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।

ज्योति विकास बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १ करोडसम्म सहयोग

बैंकले तत्कालका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बाढी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना, तीनदिनसम्म सतर्क रहन आग्रह

रसुवासहित बाढी प्रभावित जिल्लाहरूमा मंगलबार रातिदेखि बिहीबार बिहानसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्