५ पुस २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री ओलीसँग युएईका राजदूतको शिष्टाचार भेट

भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी महिनाको दोस्रो साता दुबइमा हुने 'वल्र्ड गभरमेन्ट्स समिट' मा भाग लिन युएईका उपराष्ट्रपति र प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमको निमन्त्रणा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे।

भारतीय स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

त्यसपछि उनले आफ्नो भावुक क्षण भन्दै पत्रकारसँग कुनै प्रश्न नसोधिदिन आग्रह गरे । ‘मेरा लागि यो एकदमै भावुक समय हो । माफ गर्नुहोला । यो समयमा न कुनै प्रश्न लिन सक्ने छैन सबैलाई धेरै धेरै धन्यवाद,’ भावुक हुँदै अश्विनले भने ।

गृहमन्त्रीको दाबीः जिबीलाई नेपाल ल्याउन हामीले गर्ने गरिरहेका छौँ

गृहमन्त्री रमेश लेखकले गितेन्द्रबाबु राई (जिबी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताएका छन्।

भानुआटु भूकम्प : मृतकको संख्या १४ पुग्यो, २ सय घाइते

भानुआटुमा मङ्गलबार आएको ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर १४ जनाको मृत्यु भएको छ।

यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य

मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २९७ रनको योगफल तयार पारेको हो ।

स्रोत नखुलेको ६८ लाख नगदसहित चारजना पक्राउ

काठमाडौँ महानगरपालिका-९ एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन्।

भारतीय क्रिकेटर आश्विनले लिए सन्यास

भारतीय क्रिकेट टोलीका प्रमुख अफ स्पिनर रविचन्द्रन आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

एनपीएल : चितवनलाई पराजित गर्दै कर्णाली क्वालिफायरमा

कर्णालीले अब सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच हुने पहिलो क्वालिफायरको पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

फक्ताङलुङले तत्काल शिक्षकहरूको मासिक तलबभत्ता निकासा गर्न नसक्ने

निर्णय अनुसार अब गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा लिखित जानकारीबिना अनुपस्थित हुने विद्यालयले लिखित स्पटीकरणसहित प्रतिपटक १ हजार ५ सय रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने भएको छ।

एनआरएनएको दशौँ एकता महाधिवेशन आगामी बैशाखमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी २०८२ बैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।

१२ विद्यार्थीका दुई शिक्षक, प्रअ भन्छन्: विद्यालयमा चरम दलीय राजनीति भयो

‘कांग्रेस, माओवादीको अध्यक्ष आए एमालेले पठाउँदैनन्। अहिले एमालेनिकट व्यक्ति अध्यक्ष छन्, अन्यले विद्यार्थी पठाएका छैनन्,’ प्रधानाध्यापक चौलागाईंले भने।

गृहमन्त्रीको प्रतिप्रश्न: छाक काटेको पैसा लुटिएको छ, तिनको मानव अधिकार छैन ?

गृहमन्त्री लेखकले भने, ‘उहाँको कुनै मानव अधिकारको उल्लङ्घन भएको छैन । उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन । कुनै अवाञ्छित, गैर कानुनी, अमर्यादित काम, व्यवहार गरेको छैन । शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उहाँलाई लगिएको हो ।’

प्रधानमन्त्रीको प्रतिबद्धता: त्रिविको जग्गा त्रिविकै नाममा आउँछ, हिनामिना गर्ने कारबाही पर्छन्

बुधवार सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने बताएका हुन् ।

चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही

चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्