५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीसँग युएईका राजदूतको शिष्टाचार भेट

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा नियुक्त संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन्। 

भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी महिनाको दोस्रो साता दुबइमा हुने 'वल्र्ड गभरमेन्ट्स समिट' मा भाग लिन युएईका उपराष्ट्रपति र प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमको निमन्त्रणा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार सम्पन्न भेटमा दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउन विभिन्न उपायहरूमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। 

भेटमा, दुई पक्षले नेपालको व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी लगायतका क्षेत्रहरूमा सहकार्यको अवसरहरूको मूल्याङ्कन गरेका थिए।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, यस क्रममा युएई र नेपालबीच भएका पूर्व सम्झौताहरूको प्रभावकारी कार्यान्वयनका विषयमा पनि विचार-विमर्श भएको थियो।  

प्रकाशित: ३ पुस २०८१ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App