३० पुस २०८२ बुधबार
image/svg+xml

कांग्रेस विवादः विशेष महाधिवेशन पक्षले संस्थापनलाई पठायो ८ बुँदे शर्त

यसैबिचमा विशेष महाधिवेशन पक्षधरको वार्ता समितिले अन्तिम शर्त भन्दै ८ बुँदे शर्त पठाएको छ। जसमा लगभग सबै बुँदा यसअघि नै संस्थापन पक्षले स्वीकार गरिसकेका विषय परेका छन्।

नोराको रहस्यमय प्रेम : मोरक्कन फुटबल स्टार हाकिमीसँग डेटिङको हल्ला !

सन् २०२३ मा हाकिमीमाथि एक २४ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। उनलाई न्यायिक निगरानीमा राखिएको थियो। आरोप लगाउने महिलालाई सम्पर्क गर्न प्रतिबन्ध लगाइएको थियो तर फ्रान्स छोड्न अनुमति दिइएको थियो। हाकिमीका वकिल फ्यानी कोलिनले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएका छन्। यो मुद्दा अझै विचाराधीन छ र फ्रान्सेली अभियोजनकर्ताले सन् २०२५ मा ट्रायलका लागि सिफारिस गरेका छन्, तर अदालतले अन्तिम निर्णय लिन बाँकी छ।

कलाकार मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यमका ३ गीत

गायक यम बरालद्वारा स्वरबद्ध ३ गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो।

पार्टी जोगाउन गगनलाई प्रधानमन्त्रीमा सार्न पनि संस्थापन तयार!

नेपाली कांग्रेसको विवाद फुटउन्मुख पुगेका बेला संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबिच संवाद जारी रहेको नेताहरूले बताएका छन्।

टिकटकमा यस्तो भिडियो राखेपछि एक जना पक्राउ

सोही पोस्टको आधारमा कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय बिनोदकुमार ओझा अवैध रूपमा राखेको एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। उनले आफ्नो टिकटक आइडीबाट भरुवा बन्दुकको भिडियो पोस्ट गरेका थिए। भिडियो पोस्ट गरेपछि प्रहरीले ओझाको घरबाट अवैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले बताए।

निर्वाचनलाई सफल बनाउनु सबैको दायित्व : गृहमन्त्री अर्याल

संघीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताए। उनले भने, ‘निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अंगलाई गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला।’

महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेको पुरक निवेदन, मुद्दा फिर्ताको माग

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा विभिन्न पाँचवटा जिल्ला अदालतमा विचाराधीन अवस्थामा छन् ।

देवघाटमा ‘परमानन्द काव्य-सरिता’ तथा ‘उल्टो टोपी’ नाटक प्रदर्शन

तनहुँको देवघाटस्थित परमानन्द गुरुकुलले हरेक वर्ष आयोजना गर्दै आएको ‘परमानन्द काव्य-सरिता’ को १७ औँ शृङ्खला भव्यताका साथ भएको छ।

स्वजागरणले सुशासन र समृद्धि ल्याउने प्रधानमन्त्रीको विश्वास

विभिन्न कालखण्डमा मुलुकमा भएका विविध सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको प्रधानमन्त्रीले बताइन्।

हलेसी तुवाचुङको राष्ट्रपति रनिङ सिल्ड बुलापन्थे माविलाई

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ काँस्य पदकसहित दुर्छिम मावि दोस्रो भएको छ भने ५ स्वर्ण, ३ रजत र १ काँस्य पदकसहित पिपलडाँडा देवीस्थान मावि मंगलटार तेस्रो भएको छ। व्यवस्थापकीय जिम्मेवारी पाएको दुर्छिम माविका प्रधानाध्यापक नविन चामलिङका अनुसार पिपलडाँडा यसअघि लगातार ३ वर्ष सिल्ड विजेता स्कुल हो।

रसिककाे ‘बेलबहादुरसँग बिहे’ लाेकार्पण

साहित्यकार जितेन्द्र रसिकको बालकथा कृति ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण सार्वजनिक गरिएको छ।

प्रधानन्यायाधीश राउत अस्वस्थ

सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी अस्पताल भर्ना भएका हुन्। जानकारी अनुसार उनी ज्वरोबाट पीडित छन्।

सर्वोच्च विकासको वार्षिक साधारणसभा

सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।

अभ्यास खेलमा नेपाल आयरल्यान्डसँग सय रनले पराजित

बुधबार मूलपानीको तल्लो क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्डले नेपाललाई १०० रनले पराजित गरेको हो। आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो।

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को-को छन् ?

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्