२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

लामिछाने फर्कंदै, खनाल जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कंदै छन् भने सोही दिन परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै छन्।

चिडियाखानामा ‘ट्रम्प’ भैँसी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ।

एथलेटिक्समा तीनवटा राष्ट्रिय जुनियर कीर्तिमान

छात्र चार गुणा चार सय मिटरमा गण्डकी प्रदेशले स्वर्ण जितेसँगै १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा कुल तीनवटा जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन्।

नाइजेरियामा सशस्त्र आपराधिक गिरोहद्वारा सात जना विद्यार्थीको अपहरण

उत्तर–पश्चिमी नाइजेरियामा सशस्त्र आपराधिक गिरोहद्वारा सात जना विद्यार्थी अपहरणमा परेका छन्।

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्वको प्रयोगलाई रोक्दै वातावरणमैत्री स्रोत, साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन्।

‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य

धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।

मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनबारे राष्ट्रिय गोष्ठी आजदेखि सुरु

धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङको आयोजनामा ‘उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय गोष्ठी हुँदैछ।

संयोजक थापाले परराष्ट्रलाई बुझाए ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाएका छन्।

विदेशी दातृ निकायबाट नेपालमा आउने अनुदान घट्यो, लक्ष्यभन्दा २६ अर्ब कम प्राप्त

आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दातृ निकायबाट नेपालमा आउने अनुदान घटेको छ।

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्