२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष सुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

सुरु भयो बाढी पहिरोको जोखिम, तयारीमा जुट्दै स्थानीय तह

गाउँपालिकाले संचालन गरेको विप्द कोषबाट गत वर्ष खोज, उद्धार र राहतका लागि सहयोग गरेको गाउँपालिकाले जनाएको छ।

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश

बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश,भारी वर्षाको सम्भावना

आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ। अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ।

अब पानी पर्ने सम्भावना छ कि छैन?

मौसम पूर्वानुमान महाशाखाका अनुसार अब प्रदेश ५ देखि पूर्वका क्षेत्रबाट मनसुन बाहिरिन बाँकी छ।

मनसुनको दुई महिना : विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपदबाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।

ताप्लेजुङमा बाढीपहिरोले ८६ लाख बढीको क्षति, २ जना बेपत्ता

असार १ गतेदेखि साउन पहिलो सातासम्मको अवधिमा ताप्लेजुङमा बाढी र पहिरोका कारण साढे ८६ लाख बढी मूल्य बराबरको धनमाल नष्ट भएको छ । बाढी र पहिरोमा परी अझै २ जना बेपत्ता छन् भने १२ घर परिवार बिस्थापित भएका छन् ।

वर्षा कम हुँदै, शनिबार अझ घट्ने

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।

मनसुन कमजोर बन्दै : जोखिम टरिसकेको छैन

मुलुकभर मंगलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, वर्षा झनै बढ्ने

शनिबार रातिदेखि नै नेपालमा निरन्तर वर्षा भइरहेको छ । अब वर्षा झन् बढ्ने मौसमविद्ले बताएका छन् ।

मनसुन सक्रिय हुनेक्रम जारी

जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ। मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्