४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हेलिकप्टरद्धारा उद्धार गरी सुर्खेत लगिएकी गर्भवती महिलाको मृत्यु

सुत्केरी हुन नसकेपछि डोल्पा जगदुल्ला गाउँपालिका १ हुरीकोटकी २८ वर्षिया जमानदेवि रोकायको मृत्यु भएको छ।

सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउदको हेलिकप्टरमा उद्धार गरिएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो।

शताब्दी वर्ष पूजामा हेलिकप्टरबाट पुष्प वर्षा

रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा रहेको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा पूजा आरम्भ गरिएको शत वार्षिकीको अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गराइएको छ।

प्रभु हेलिकप्टरलाई प्राधिकरणकाे निर्देशन

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका प्रेम सुवेदीलाई हेलिकोप्टरबाट काठमाडौं लैजान चार्टर गर्न खोज्दा प्रभु हेलिकप्टर प्रालिका कर्मचारीले तीन लाख १५ हजारबाट बार्गेनिङ गरेर दुई लाख ८५ हजार शुल्क माग गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेपछि प्राधिकरणले मानवीय संवेदनशिलतासम्बन्धी सूचना प्रवाह गर्दा जिम्मेवारी बन्न र आगामी दिनमा कमजोरी दोहोरिए कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो।

बढी शुल्क नलिन प्रभु हेलिकप्टरलाई प्राधिकरणको पत्राचार

प्रभु हेलिकप्टर प्रालिले अधिक चार्टर शुल्क मागेको भन्दै उजुरी परेपछि नेपाल नागरिक उड्यान प्राधिकरणले जवाफदेही बन्न र कमजोरी नदोहोर्याउन निर्देशन दिएको छ।

तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरबाट उद्धार

दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उनीलाई उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

लुक्लाबाट काठमाडौं उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौ उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखाल र सिन्धुली नेपालथोकमा ती हेलिकप्टर आकस्मिक अवतरण भएका हुन् ।

अधिक रक्तश्रावपछि अर्धचेत महिलाको उद्धार

एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। प्रसव व्यथापछि रक्तश्रावको कारणबाट ज्यानकै जोखिममा परेकी महाकुलुङ गाउँपालिका–५ गुदेलकी ३९ बर्षीय निर्मला राईलाई बुधबार साँझ लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।

राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ।

हेलिकप्टरबाट सामाग्री ढुवानी

यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ ।

दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ।

युक्रेनमा हेलिकप्टर दुर्घटना

युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ।

थप टोली लिएर सेनाको हेलिकप्टर संखुवासभामा

संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि थप टाेलि लिएर नेपाली सेनाको हेलिकप्टर गएको छ।

मौसम खराबीले रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाः आयोग

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ।

पार्टी बैठकमा जान सेनाको हेलिकप्टर

गएको शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्