२० श्रावण २०८३ बुधबार
image/svg+xml

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

सेनालाई सांसदले थर्काएपछि पूर्व सैनिक भन्छन्, ‘रक्षामन्त्री किन मौन बस्नुभयो?

सांसद राजुनाथ पाण्डेसँग जोडिएको घटना सञ्जालमा आएसँगै उनले अब कुनै पनि नेताले आर्मीको ब्यारेक पुगेर मनलाग्दो आदेश दिन सक्ने गलत नजिर स्थापित भएको बताएका छन।

सांसद्लाई स्थानीयको प्रश्न: 'रोनाल्डो’लाई रसुवाको पानी खुवाउने सपनाबाट ब्युँझिनुभएको भए रियालिटीमा फर्कने कि माननीयज्यू ?

वर्षाको पानीले सडक हिलाम्मे भएपछि अहिले यो सडकबाट दैनिक नियमित आवतजावत गर्नेहरुले निकै सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ ।

कांग्रेसको आरोप : सरकार जनताको ध्यान मोड्न लिप्त छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार राजनीतिक संकटमा पर्दा समस्याबाट उम्कन खोजेको आरोप लगाएको छ।

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा डा केसी, उच्च शिक्षामा सुधारको अपेक्षा

तीन दशकभन्दा बढी समय उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक प्रशासनमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

विश्वकपमा फाइनल पुर्‍याउने खो–खो भोकै, सरकारको बेवास्ताले खेलाडी पलायनको बाटोमा

विश्वकपको फाइनलसम्म पुगेर नेपालको झण्डा उचालेको खो–खो खेल आफ्नै देशमा भने राज्यको बेवास्ताको सिकार बनेको छ।

सदनमा उठाइएका विषयको प्रगतिबारे सांसदलाई जानकारी

सरकारले सङ्घीय संसद्मा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन सुरु गरेको छ।

अमेरिकाले इरान युद्धमा लामो दूरीका सबै क्षेप्यास्त्र प्रयोग गरेको दाबी

यसले भविष्यमा चीन वा रूसजस्ता शक्तिशाली विरोधीहरूसँग सम्भावित द्वन्द्व उत्पन्न भएमा अमेरिकी सैन्य तयारीमा गम्भीर असर पार्न सक्ने चिन्ता उत्पन्न गराएको छ।

आईएसपी बक्यौता विवाद : नवीकरण गर्नुअघि कानुनअनुसारको शुल्क तिर्नैपर्ने सरकारको अडान

“जायज समस्या भए सरकारले सम्बोधन गर्छ, होइन भने बक्यौता असुली प्रक्रिया अघि बढ्छ,” मन्त्री तिमिल्सिनाले भने।

सुनसरी–सिराहा घटनामा मृतकका परिवारलाई राहत, घाइतेको उपचार सरकारले गर्ने

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको उपचार सुनिश्चित गर्ने जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्को निर्णय: नियमावली संशोधनदेखि राहत प्याकेजसम्म महत्वपूर्ण निर्णय

सरकारले प्रशासन, शिक्षा, उद्योग, कृषि तथा सामाजिक क्षेत्रमा प्रभाव पार्ने विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

ब्रड पिकमा अस्ताए अनुभवी गाइडहरूको एक पुस्ता

ब्रड पिक अभियानको नेतृत्व गरिरहेका किली पेम्बा शेर्पा र पुरबहादुर गुरुङ पनि अत्यन्त अनुभवी र बलिया पर्वतारोही थिए।

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ।

कवि थोकरले सम्झे आफ्नी गुरुआमा

कवि ईश्वर थोकरले आफ्नी गुरुआमाप्रति समर्पण गरी १० औँ कृतिका रूपमा कवितासङ्ग्रह ‘अमृत्यश्वरी’ सार्वजनिक गरेका छन्।

सालाहको स्थान लिन लिभरपुलको नजर बार्कोलामाथि, १०० मिलियन पाउन्ड खर्चिने तयारी

इंग्लिस क्लब लिभरपुलले फ्रान्सेली विंगर ब्राड्ली बार्कोलालाई भित्र्याउन करिब १०० मिलियन पाउन्ड खर्च गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्