२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणिकरण

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दुई वटा विधेयक प्रमाणिकरण गरेका छन्।

इजरायलमाथि इरानी आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्।

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै

धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ।

दसैँलक्षित बजार अनुगमन सुरु

सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आज बुधबारदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो ।

बाढीपीडित भन्छन्: ‘कुकुरसँग बित्छ रात’

हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछिन्। रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ। सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन्।

म्याद गुज्रिएका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती, पानीमा मनोमानी शुल्क

कृष्णा सप्लायर्सलाई तीन दिन भित्र म्याद गुज्रिएका एक लाख २५ हजार ६ सय ८० मूल्य बराबरका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिइएको छ।

टिम साउथी र बाबर आजमले छाडे कप्तानी

श्रीलंकामा शृङ्खला पराजित भएपछि टिम साउथीले न्युजिल्यान्डको टेस्ट कप्तानबाट राजीनामा दिएका छन्।

ललितपुर महानगरको स्वास्थ्य टोली औषघिसहित वडा-वडामा

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्‍यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।

अवैध रुपमा सञ्चालित फार्मेसीलाई कारबाही

अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट रु ३० हजार बराबरका औषधि जफल गरी रु १० जरिवाना गरिएको उनले जानकारी दिए।

इजरायल-इरान युद्ध: पछिल्लो २४ घण्टामा भएका प्रमुख ६ घटना

इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्। आक्रमणपछि दुवै देशले एकअर्काप्रति बद्ला लिने प्रण गरेका छन्।

चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशतः विश्व बैंक

विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यसवर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो।

सिन्धुलीका बाढी पिडित भन्छन्ः दैव लाग्यो, सर्वस्व सकियो

पेट्रोल व्यवसाय सुरु गरेको झन्डै एक दशक बितेपनि लगानी थप गरेर नमुना बनाएको तीन वर्ष पुग्नै लागेको थियो। तर, गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीले सबै सखाप पार्‍यो।

बागमती करिडोरमा हिलो र धुलो

सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण बागमती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन्। बागमती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ।

कफी खेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन्। एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन्।

भ्रष्टाचारको राजनीतिकरण

सत्ता टिकाउने अंकगणितकै कारण ‘हर बेथिति’ समेत जायज देखिन थाले। उता बेथिति गर्ने दल र तिनका नेतालाई दण्डित गर्ने अधिकार राख्ने मतदातासमेत दण्डित गर्न सक्षम बन्नबाट पछि हट्दै गए। जसका कारण भ्रष्टाचार मौलाउन मद्दत पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्