२५ श्रावण २०८३ सोमबार
image/svg+xml

ग्यास लुकाएको आरोपमा ५० हजार जरिवाना

नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई रु ५० हजार जरिवाना गरिएको छ।

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन्।

मनसुन सक्रिय : देशका केही स्थानमा भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

ग्यास अभाव अन्त्य कहिले?

पछिल्लो समय खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारले विभिन्न प्रयास गरिरहेको बताए पनि काठमाडौं उपत्यकालगायत देशभर ग्यास अभाव कायमै रहनु गम्भीर चिन्ताको विषय हो।

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ। उनको शव आज ओखलढुङ्गामा फेला परेको हो।

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट एक जना पक्राउ परेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

यही साउन २८ गतेदेखि स्वयम्भूमा लाग्ने एकमहिने मेलालाई व्यवस्थित बनाउन स्वयम्भूमा तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरिएको हो।

सिरहामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये १३ वर्षीय एक बालकको अवस्था गम्भीर रहेको छ।

पब्जी मोबाइल विश्वकप: नेपालको ‘होरा ईस्पोर्ट्स’ फाइनलमा प्रवेश

फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको ‘होरा ईस्पोर्ट्स’ फाइनल मा प्रवेश गरेको छ।

मुख्यमन्त्री होस् वा जोसुकै, पाँच वर्षदेखि काम नगर्नेलाई छोडिन्न, आजै ठेक्का तोड्नुस्: पूर्वाधारमन्त्री लम्साल

अनुगमनका क्रममा उनले भने, ‘आजै ठेक्का तोडौँ। काम गरेको भुक्तानी दिएर आजै टुङ्गो लगाउनुस्।’

पृथ्वी राजमार्गमा हायस, टिफर, ट्याक्सी र स्कुटर आपसमा ठोक्किए

धादिङको थाक्रे गाउँपालिका-७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा चार वटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। हायस, टिफर, ट्याक्सी र स्कुटर आपसमा जुध्दा दुर्घटना भएको हो।

संविधानका उपलब्धिमाथि सरकारबाटै प्रश्न उठ्यो : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानका उपलब्धिमाथि सरकारको नेतृत्व गर्ने पक्षबाटै पटक–पटक प्रश्न उठाउने काम भइरहेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्