८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

जय नेपाल पार्टीले विचार मिल्ने दलसँग एकता गर्ने, बनायो वार्ता समिति

जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्य वार्ता समिति गठन गरेको छ।

पार्टीकाअनुसार गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन् भने सदस्यहरू सुरेशप्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम चयन गरिएको छ।

पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने गत भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको थियो।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताए अनुसार केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम वार्ता समितिले तत्काल वार्ता आरम्भ गर्नेछ।

प्रकाशित: ८ भाद्र २०८३ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App