कपिलवस्तुमा ६३.६३ प्रतिशत मतदान
कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनमा कुल ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ। कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५२ हजार २ सय ५६ मत खसेको हो।
कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनमा कुल ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ। कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५२ हजार २ सय ५६ मत खसेको हो।
दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल २ लाख ३८ हजार ९ सय २६ मतदातामध्ये १ लाख २४ हजार ६ सय ९३ जनाले मतदान गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कुल ५०.९ प्रतिशत मतदान भएको छ।
चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ । हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौँ।
कास्कीमा कुल मतदाताको ६१.३४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
कालीकाेटमा २१ हजार ९ सय ७ महिला र २० हजार ५ सय ५ पुरुष गरी ४२ हजार ४ सय १२ मत खसेकाे छ।
रोल्पामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। जिल्लामा कुल ४६.३९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
लमजुङमा ५३ प्रतिशत मत खसेको छ। मतदान प्रक्रिया सम्पन्न भएसँगै अहिले जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने कार्य धमाधम भइरहेको छ।
मोरङमा ६४.५६ प्रतिशत मतदान भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ।
निर्वाचन आयोगले मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि गणना थालिने जनाएको छ । कतिपय ठाउँमा मतपेटिका सङ्कलन धमाधम भइरहेको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० दशमलव ५ प्रतिशत मत खसेको हो।
रास्वपाका वरिष्ठ नेता बालेन शाह हेलिकोप्टरमार्फत गन्तव्यतर्फ जाँदै बीच बाटोबाटै फर्किएको घटनाबारे निर्वाचन आयोगले स्पष्टीकरण दिएको छ।
उनले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सबै नागरिकलाई धन्यवाद दिएका छन्।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल ९८ हजार २५६ मतदाता रहेका मध्ये ७२ हजार ९६ मत खसेको छ।
प्रतिनिधि सभाको मतदान सम्पन्न भएलगत्तै ४ सय ९१ मतदान केन्द्रबाट मतपेटिका संकलन सुरु गरिएको छ।