१३ आश्विन २०८१ आइतबार
image/svg+xml

साकेलामा जन श्रमदानबाट काठे पुल निर्माण

खोटाङको साकेलाका स्थानीयबासीले जनश्रम जुटाएरै स्थानीय खोलामा काठे पुल निर्माण गरेका छन्।

लामीडाँडा विमानस्थल उद्घाटनको पाँच वर्ष, अझै नियमित उडानको टुङ्गो छैन

समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उनले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिएका थिए। तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन।

वडाध्यक्षको खोजी गरीपाउँ भन्दै वडाबासीको ज्ञापनपत्र

जनताद्वारा चुनिएका वडाध्यक्ष कटुवाल अमेरिका गएको लामो समयसम्म गाउँ नफर्केपछि उनको खोजी गरिपाउँ भन्दै वडाबासीले गाउँपालिकालगायत विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन्।

खोटाङको राजापानीमा बाघको श्रृङखलाबद्ध बिझाँई

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका विभिन्न गाउँमा जंगलबाट पसेको बाघले आतङक मच्चाईरहेको स्थानीयले बताएका छन्।

खोटाङको राजापानीमा बाघ आतङ्क

जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन्।

खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना

समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ।

एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ। गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो।

दुई करोड बढीको लागतमा पालिकाको भवन निर्माण

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ।

मध्यपहाडी लोकमार्ग: निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ।

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण सुरु

पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्