१८ चैत्र २०८२ बुधबार
image/svg+xml

हर्क साम्पाङ राष्ट्रभक्त मान्छे, त्यसैले एमाले छाडेर श्रम संस्कृतिमा आएँ: सांसद राई

नेकपा एमालेको राजनीतिक यात्रा छाडेर श्रम संस्कृति पार्टीमा जोडिएका भोजपुरका सांसद ध्रुवराज राईले पार्टी अध्यक्ष हर्क साम्पाङको राष्ट्रभक्तिबाट प्रभावित भएर आफूले नयाँ बाटो रोजेको बताएका छन्।

एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवा गरिदिने बहानामा सेवाग्राहीसँग गैरकानूनी रकम असुल्ने कपिलवस्तुको तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका एक जना कर्मचारी पक्राउ परेका छन्।

एसईई परीक्षा भोलि बिहान ८ बजेदेखि, रजिल्ट एक महिनाभित्र

भोलि परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन् ।

वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन निक्कै चुनौतीपूर्ण : मन्त्री साह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै समाधानका लागि सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

कपिलवस्तुमा गहुँ काट्ने क्रममा ‘कम्बाइन मेसिन’ सर्ट भई भीषण आगलागी हुँदा २० बिघा क्षेत्रफलको गहुँ बाली जलेर नष्ट भएको छ।

१५ औँ महाधिवेशन गर्न दुबै पक्ष समेटेर अघि बढ्छौँ: शंकर भण्डारी

नेपाली कांग्रेसका नेता शंकर भण्डारीले दुबै पक्ष समेटेर सानो कमिटी बनाएर १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

बिस्का जात्रा र नयाँ वर्ष लक्षित भक्तपुरमा महोत्सव हुने

नयाँ वर्ष २०८३ एवं ऐतिहासिक बिस्का जात्राको अवसर पारेर भक्तपुरको सल्लाघारीमा बृहत् ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना हुने भएको छ।

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुँदै छन ।

रौतहटमा बक्यौता नतिर्ने चार नगरपालिकाको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने रौतहटका चार नगरपालिकाको लाइन काटेको छ।

रोकिराखेको तेल ट्याङ्करमा बस ठोक्किँदा १३ जना घाइते

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर-२९ दासढुंगामा तेल ट्याङ्कर र यात्रुवाहक बस ठोक्किँदा १३ जना घाइते भएका छन्।

राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा प्रधानसेनापति सिग्देलको जोड

नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ: प्रधानसेनापति

प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्