१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml

आबुदाबीस्थित दुतावासले नेपालीलाई भन्यो, 'अनावश्यक यात्रामा ननिस्कनु'

मध्यपूर्वमा विकसित परिस्थितिका कारण संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन, युएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचनाको पालना गर्न अनुरोध गरेको छ ।

युएइमा इरानी मिसाइलद्वारा एसियाली मुलका एक जनाको मृत्यु

इरानी ब्यालेस्टिक मिसाइल लागेर एक जनाको एसियाली मुलका एक जनाको मृत्यु भएको तर परिचय भने नखुलेको जानकारी गराएको हो।

इरानको जवाफी कारबाही: यूएईमा एक जनाको मृत्यु, कतारमा पनि विष्फोट

शनिबार बिहानै अमेरिका र इजरायलले इरानको राजधानी तेहरानसहितका विभिन्न सहरमा संयुक्त आक्रमण गरेपछि मध्यपूर्वको अवस्था थप तनावपूर्ण बनेको छ।

इरान र अमेरिका-इजरायल तनाव : पाँच छात्रासहित ६ को मृत्यु, एक घाइते

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै अमेरिकाले इरानमा ‘बृहत् युद्धकारबाही’ सुरु गरेको बताएका छन्। उनले भनेका छन्, ‘अमेरिकाले इरानमा ठूलो युद्ध अभियान सुरु गरेको छ। यो कदमको उद्देश्य अमेरिका र उसका जनतालाई खतराबाट जोगाउनु हो।’

विभिन्न स्थानबाट लागुऔषधसहित एघार जना पक्राउ

अभियुक्तहरुबाट चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न किसिमका औषधि र लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

टी–२० विश्वकपः दबाबमा पाकिस्तान, सेमिफाइनल पुग्न श्रीलंकाविरूद्ध फराकिलो जित आवश्यक

श्रीलंकाविरुद्धको खेल पाकिस्तानको लागि गर या मरको प्रतिस्पर्धा हुनेछ ।

सप्तरी-३ मा कांग्रेस उम्मेदवारलाई राष्ट्रिय मुक्तिका उम्मेदवारको समर्थन

मण्डलले यादवलाई समर्थन गर्दै उनैका लागि मत माग्ने सहमति दुई पार्टीबीच भएको छ । शनिबार पत्रकार सम्मेलन गरी यो सहमतिको विषयमा जानकारी गराइएको छ ।

इजरायल र इरानका लागि सरकारले जारी गर्‍यो नयाँ एड्भाइजरी

नेपाल सरकारले इजरायल र इरानको यात्रा तत्कालका लागि स्थगित गर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको छ।

सरकारले भन्यो- अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्नू

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न निर्देशन दिएको हो।

२६ गते रातभर राष्ट्रपतिसँग बसेर अन्तरिम सरकार बनाउन सहजीकरण गर्‍यौं: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भदाैं २६ गते राति राष्ट्रपतिसँग रातभर छलफल गरेर अन्तरिम सरकार गठनका लागि आफूहरूले सहजीकरण गरेको बताएका छन्।

इजरायल स्थित नेपाली राजदूतावासले भन्यो- सबै नेपाली सुरक्षित बस्नु

सकेसम्म घरमै बस्न, सतर्क रहन र नेपाली समुदायसँग नियमित सम्पर्कमा बस्न, अनुमति बिना यात्रा नगर्न अनुरोध गरेको छ ।

लिवाङबाट दाहालले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, जनताको आत्मसम्मान र देशबारे निर्णय गर्ने अधिकारमाथि बाह्य शक्तिहरूले चुनौती दिइरहेको आरोप लगाए।

निर्वाचन आचारसंहिता उल्लंघनः आठ जनालाई कारबाही

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ ।

सरकारद्वारा इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्क रहन आग्रह, सम्पर्क नम्बर जारी

मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरूलाई स्थानीय अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशनहरूको कडाइका साथ पालना गर्न र सम्भव भएसम्म घरभित्रै बस्न सल्लाह दिएको छ। यस्तै, सम्बन्धित निकायको पूर्व अनुमति बिना यात्रा नगर्न र नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन समेत आग्रह गरिएको छ।

नेपाल निकै ठूलो अप्ठ्यारोमा छ : प्रचण्ड

रोल्पाको लिवाङमा चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाल निकै ठूलो अप्ठ्यारोमा परेको भन्दै देशलाई निकास दिन यो निर्वाचन अपरिहार्य रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्