१४ असार २०८१ शुक्रबार
image/svg+xml

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ।

गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन्।

बालुवाटारमा सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन्।

बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमती बन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानविन समिति बनाउन समझदारीमा पुगिने बताएका छन्।

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन्।

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु, कुनै टेन्सन छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्।

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन्।

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति’ गठन गरेको छ।

गणतन्त्र दिवस मौलिक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन्।

मन्त्रिपरिषदमा दलित समुदाय समावेश नगरेको भन्दै मुद्दा

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा दलित समुदायबाट एकजना पनि मन्त्री समावेश नगरी संविधानविपरीत समावेशी सिद्धान्त उल्लंघन गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ।

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन्।

सत्ता गठबन्धनमा बढ्दो संशय : दुई महिनामै बाहिरिँदै दुई दल?

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ समीकरण बनाएको दुई महिनामै सहयात्री दलहरू सरकारबाट बाहिरिने परिस्थिति सिर्जना भएको छ।

शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन्।

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्