१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु, कुनै टेन्सन छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिन लागेको र विश्वास मत पाउनेमा ढुक्क रहेको बताएका हुन्।

‘मैले जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु। धेरै टेन्सन लिनुपर्दैन। कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ,’ प्रधानमन्त्रीले भने।

‘एक पटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ। म कुनै टेन्सनमा छैन, तपाईंहरु दुबिधामा नपर्नुस्,’ उनले भने। 

यस्तै, उनले पार्टीका नेताहरूलाई पनि दुबिधामा नपर्न आग्रह गरे।

प्रकाशित: ५ जेष्ठ २०८१ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App