१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआईसी एसिया बैंकको मास्टर कार्ड पोखराबाट लञ्चिङ

एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ। एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो। कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा र आस्था प्रियादर्शीले संयुक्त रुपमा मास्टर कार्डको लञ्चिङ गरे।

पर्यटनको राजधानी पोखराबाट मास्टर कार्ड लञ्चिङ गरेर डिजिटल क्षेत्रमा एनआईसी एसिया बैंक अग्रणी भएको सन्देश दिएको बैंकका गण्डकी शाखा प्रमुख दीपेन्द्र शर्माले बताए। ‘पोखरामा धेरै देशबाट पर्यटक आउँछन्,’ उनले भने, ‘उनीहरुलाई मास्टर कार्डबाट बैंकिङ कारोबार सहज रुपमा गर्न सकिन्छ भन्ने सन्देश दिएका छौं।’

बैंकले जारी गरेको मास्टर कार्ड डेविट र क्रेडिट कार्डको एडभान्स रुप भएको शर्माको भनाई छ। ‘यो अन्तर्राष्ट्रिय रुपमा परिचित कार्ड हो,’ उनले भने,‘ब्राण्डका रुपमा पनि छ र राम्रो पनि छ । सबैतिर चल्ने भएकाले सहज पनि हुन्छ।’ उनका अनुसार मास्टर कार्ड विश्वका २१० देशमा नेटवर्क भएको कार्ड हो। यूरोप, अमेरिकामा समेत मास्टर कार्डको प्रयोग हुने गरेको उनले जानकारी दिए।

आईतबार लञ्चिङ गरेको मास्टर कार्ड नेपाल, भारत र भुटानमा चल्ने उनले बताए। ‘अन्य देशमापनि चल्छ तर डलर कार्ड ईस्यू गरेपछि मात्र,’ उनले भने। मास्टर कार्ड नयाँ र पुराना दुबै खालका सेवाग्राहीलाई एक वर्षसम्म निःशुल्क वितरण गरिने उनले बताए। बैंकका डिजिटल बैंकिङ चिफ नरेन्द्र मैनालीले मास्टर कार्डले बैंकका सेवाग्राहीलाई सेवाका लागि सहज स्थिति बन्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १६ असार २०८१ १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App