१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा पर्‍यो: सभापति लामिछाने

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा परेको बताएका छन्।

आइतबार  काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले मुलुक अप्ठ्यारोमा छ भन्ने कुरा २००७ साल देखि भन्दै आएको  मुलुक कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको बताए।

सभापति लामिछानेले मुलुक अप्ठ्यारो जनता, किसानले नभई नेतृत्वले नै पारेको जिकिर गरे । उनले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको धारणा राखे।उनले लोकतन्त्र खतरामा भए नेताहरूले चिन्ता गर्ने कुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरूले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको धारणा पनि राखे । 

प्रकाशित: १६ असार २०८१ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App