२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सरकारले साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रम गर्ने

शुक्रबार धादिङको निलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।

सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानुनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन्।

गणित, विज्ञान र अंग्रेजी विषय शिक्षकको विशेष व्यवस्था गर्न माग

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

कायरोमा नेपालसम्बन्धी तस्वीर प्रदर्शनी

कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ।

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।

सरकारले राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छः सांसद साउद

नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले सरकारले ११ देशका राजदुत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन्।

एसिया कप खेल्ने नेपाली महिला टोलीको नाम सार्वजनिक

आगामी महिना श्रीलङ्कामा हुने एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

वाइल्ड कार्डमार्फत् जुडो खेलाडी मनीता पेरिस ओलम्पिकमा सहभागी हुने

जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ मा खेल्ने भएकी छन्। यही साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन्।

अनुमतिबिनै वाइडबडी जहाज इटालीमा, निगमका अध्यक्षसहित पाँच जनामाथि कारबाही

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अनुमतिबिनै इटाली लगेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्षसहित पाँच जनालाई कारबाही गरेको छ।

विपद् प्रतिकार्यमा खटिन रेडक्रसकर्मीलाई अनुरोध

नेपाल रेडक्रस सोसाइटीले देशभर भइरहेको बाढी पहिरोलगायतका विपदमा सरकारका निकायसँग सहकार्य गर्दै विपद् प्रतिकार्यमा खटिन सम्पूर्ण रेडक्रसकर्मीलाई अनुरोध गरेको छ।

महिला क्याम्पस स्थापनापछि मधेशी र मुस्लिम किशाेरीमा उत्साह

बाँकेका महिलाहरु उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ।

एसिया कप वुमन्सः नेपालको पहिलो प्रतिद्वन्द्वी युएई

आगामी महिना श्रीलङ्कामा आयोजना हुने एसिसी महिला एसिया कपको उद्घाटन खेलमा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी युएईलाई पाएको हो।

प्रधानमन्त्रीले नेपाल आइडल सिजन ५ का विजेता करणलाई दिए बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाई दिएका छन्।

१३ करोडभन्दा रकम बढी ठगी गर्ने छ जना पक्राउ

नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ।

लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौंः अर्थ सचिव मरासिनी

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैङ्कहरूमा रहेको ६अर्ब लगानी योग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्