२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गरेकी छिन्।

संसद् भवनमा मदिरा बार राख्न सांसद् बजगाईंको प्रस्ताव

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रोस्टममा उभिएर बोल्दै सांसद बजगाईंले विदेशी संसद परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

यही अवस्थामा हामी समीकरणबाट बाहिर जाँदैनौं : भट्टराई

सरकारमा सामेल भएका बेला हामीले बजेट बनाउँदा सत्तापक्षीय दलहरुसँग छलफल गर्नुपर्छ।

‘सुखी सरकार दुखी नेपाली’

प्रतिनिधिसभा बैठकमा सांसदहरूले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई वर्तमान सरकारले पनि निरन्तरता दिएको भन्दै व्यंग्य गर्दै आएका छन्।

स्वास्थ्य मन्त्रालयमा छुट्याएको ४.६४ प्रतिशत बजेट अत्यन्त न्यून भयो: सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्य मन्त्रालयमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन्।

विश्वप्रकाशको प्रस्ताव: दृश्य बदलौं, बाढीपछि बैठक होइन उद्धारमा जुटौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मौसमजन्य विपदको ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री शर्माले विगतको दृश्य बदलेर बाढीपछि बैठक नभइ उद्धारमा जुट्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन्।

सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सचेतक बराल

नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छिन्।नागरिकहरू आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यानाकर्षण गराएकी हुन।

सांसद्को संसद अनुभव: विधायिकी काम भन्दा राजनीति हाबी भयो

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पछिल्लो चरणमा संसदमा विधायिकीको कामभन्दा पनि राजनीति बढी हाबी भएकाे बताएका छन्।

संसदको शुन्य समयमा बोल्दै सांसदहरु

सांसदहरुले मनसुनभित्रिएसँगै बाढी पहिरो रोकथाम र जोखिम रहेका बस्तीहरुलाई स्तान्तरण गर्ने सरकारको योजना बारेमा जानकारी दिन माग गरेका छन्।

सहकारीमा बदनाम व्यक्ति जोगाउने प्रयास भएकाे देख्दा आश्चर्य लागेको छ : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रलाई जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन्।

सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेलाई सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।

संसद् सधैँ बन्धक बन्न सक्दैन :सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन्।

प्रतिनिधिसभा बैठक स्थगित, दलहरू आ-आफ्नै अडानमा

दलहरू आ-आफ्नै अडानमा कायम रहेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सर्‍यो

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्