१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

संसदको शुन्य समयमा बोल्दै सांसदहरु

सांसदहरुले मनसुनभित्रिएसँगै बाढी पहिरो रोकथाम र जोखिम रहेका बस्तीहरुलाई स्तान्तरण गर्ने सरकारको योजना बारेमा जानकारी दिन माग गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरुले सरकारसँग यस्तो माग गरेका हुन्।

सांसदहरुले सरकारले वर्षायाम शुरु भएसँगै देशभरका जोखिम क्षेत्रमा आउने बाढी पहिरो रोकथाम र उद्वारको लागि भइरहेको कामको बारेमा जानकारी दिन माग गरे। 

उनीहरुले सरकारले प्राकृतिक विपद्बाट नागरिकलाई बजाउन आवश्यक रहेको भन्दै डढेलो लगायत हावाहुरीका कारण प्रभावित घरपरिवारलाई तत्काल राहतको व्यवस्था गर्न समेत माग गरेका छन्। 

शुन्य समयमा बोल्दै सांसद ईश्वरबहादुर रिजालले आगामी एक साताभित्र मनसुन शुरु हुने भन्दै राज्यको रिर्पोट अनुसार १८ जिल्लाको १३६ बस्ती स्थान्तरण गर्न राज्यको तयारीबारे संदनलाई जानकारी दिन माग गरि। उनले तराईमा पनि बाढीको उच्च जोखिम भएकाले त्यसको रोकथामको तयारीको विषयमा गृहमन्त्रीले सदनमा सम्बोधन गर्न माग गरे।

सांसद ईश्वरी घर्तीले पनि मनसुनभित्रसँगै विगतका वर्षहरुमा ठूलो जनधनको क्षति हुने गरेको भन्दै यो वर्ष पनि प्राकृतिक विपद्का घटनाबाट कसरी बच्ने भन्ने नागरिकमा चासो र चिन्ता बढेको बताइन्। 

उनले यो वर्षको वर्षायाममा हुने सम्भावित बाढी, पहिरो र डुबानबाट हुने विपद् र क्षतिलाई आँकलन गरी क्षेती न्युनिकरण गर्न सरकारको पूर्वतयारीका बारेमा सांसदमा जानकारी दिन माग गरिन्। 

तीन तहको मातहतमा रहेको विपत व्यवस्थापन कोष न्युन रहेको भन्दै दक्ष जनशक्ति अभाव लगायतको विषयमा सदनलाई जानकारी दिन माग गरिन्।

सांसद किरणकुमार साहले जेठ सकिन लाग्दा समेत किसानहरुले मल र बीउ नपाएको भन्दै सरकारले किसानलाई आवश्यक बीउ र मल उपलब्ध गराउन माग गरिन्। 

उनले हावाहुरी र आगोलागीबाट मधेसमा भएको करोडौंको विनाश विपत पूर्वतयारी नपुगेको देखाएको बताए। 

संसदमा पटक–पटक कुरा उठाउँदा समेत सरकार बहिरो बनेको उनको भनाइ छ। जलवायु परिवर्तनको असर मधेस प्रदेशमा गरी जमिन अत्याधिक तातो भएका कारण मानिसहरुको जनजिवन कष्टकर हुँदै गएको भन्दै खानेपानीको हाहाकार भएको उल्लेख गरे। 

उनले सरकारले भविष्यमा हुने विपद् रोक्नको लागि तत्काल पूर्वतयारी थाल्नुपर्ने बताए।

बैठकमा बोल्दै सांसद एकनाथ ढकालले दक्षिण कोरियामा नेपाल वायुसेवा निगमलाई उडानमा वञ्चित गरिएको कारण नेपाल एयरलाइन्सले घाटा व्यर्होनुपरेको बताए। 

उनले कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन आयो भन्ने प्रश्न रहेको बताए। 

कोरियाबाट भारतको नयाँ दिल्लीका लागि भन्दा नेपालका लागि चर्को भाडादर राखिएको छ जसले असर कोरियामा रोजगारको लागि जाने र फर्कने श्रमिकहरुमा परेको उनको भनाइ छ।

सांसद अब्दुल खानले अत्याधिक गर्मीको कारण मनावजीवन अस्तव्यस्त भएको बताए। उनले बाँके र बर्दियामा अत्याधिक गर्मीको कारणले गर्दा विद्युत कटौती हुँदा विद्युतीय सामग्री चलाउन समेत नपाएको भन्दै विद्युत प्राधिकरणले विद्युत कटौती गर्ने काम तत्काल बन्द गर्न माग गरे।

सांसद असिम साहले लोमो समयपछि संसदको अवरोध खुलेर बोल्न पाएको बताए। उनले सदन समयमा नै खुलेको भए नियमित भएको भए देशभर डढेलोले पु¥याएको क्षतिबारे समयमा उठाउन नपाएको गुनासो गरे। 

इन्टरनेट सेवामा आएको अवरोध,खडेरीको कारण देखिएको खानेपानी हाहाकार र खराब सहकारी सञ्चालकहरुको पछि लागौं भन्न समेत नपाएको उनको भनाइ छ।  

उनले लगातार सदन अवरोधले सांसदलाई जनताका समस्या उठाउन र सरकारलाई जनताका कुरा राख्न अवरोध भएको र आम सांसदमाथि नागरिकको आशा र भरोसा घट्दै गएको उल्लेख गरे।

उनले जनताले नेपाल बन्द र चक्का जामको विकल्प खोज्दै आउँदा नागरिकले समेत नेपाल बन्द स्वीकार गर्दा नेपाल बन्द सदाका लागि बन्द भएको भन्दै संसद अवरोधको विकल्प खोज्न आवश्यक रहेको बताए।

प्रकाशित: २० जेष्ठ २०८१ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App