३ आश्विन २०८१ बिहीबार
image/svg+xml

लुम्बिनीमा २३२ घर डुबानमा, दुई जनाको मृत्यु तीन बेपत्ता

शनिबार र आइतबारको वर्षाले लुम्बिनीमा मानवीयसँगै भौतिकरुपमा क्षति पुर्‍याएको छ। यहाँका नदीनालामा पानीको बहाव बढ्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बाढी पहिरोका कारण हालसम्म ४८ को मृत्यु, ५४ घाइते

अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

राप्तीमा बेपत्ता दुईजनाको शव फेला

उनको शव आज बिहान खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए।

बाढी,पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।

नारायणीको बाढीले खतराको तह पार गर्‍यो, सुरक्षित स्थानमा बस्न आग्रह

नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ। नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिउँसो ३ः५० बजे जल सतह ९ मिटर मापन गरेर खतरा तह पार गरेको जनाएको छ।

आइतबारसम्म देशभर वर्षा, बाढी पहिरोबाट सतर्कता अपनाउन विभागको अनुरोध

शुक्रबार देखि परेको वर्षा आइतबार सम्म पर्ने भएकाले भू क्षय, पहिरो,डुबानको जोखिमबाट सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

दोलखाको उत्तरमा बाढीको वितण्डा, माथिल्लो तामाकोसी आयोजना बन्द

तामाकोसी नदीमा बाढी आउनुका साथै सतह पार भएका कारण गए राति देखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन सहित सबै प्लान्ट बन्द गरिएको छ ।

दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता

दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ।

मनाङको बाटो सधैँ जोखिमपूर्ण

देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।

सङ्खुवासभामा बाढी पहिरोबाट ४३ परिवार विस्थापित,२० गोठ भत्किए

सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढी पहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् भने २० गोठ भत्किएका छन्।

बेँसीसहर-चामे सडक खुल्यो, मनाङ खण्ड भने अवरुद्धै

अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ।

बाढीले निर्माणाधीन माडीबास सिँचाइ कुलो क्षतिग्रस्त

केही दिनयताको अविरल वर्षापछि आएको बाढीका कारण जिल्लाका विभिन्न ठाउँमा निर्माणाधीन योजनामा क्षति पुर्‍याएको छ।

उत्तरी सर्लाहीमा भारी वर्षा हुँदा दक्षिणी सर्लाही तनावमा

सर्लाहीको उत्तरी क्षेत्रमा शुक्रबार बिहान भएको भारी वर्षाले दक्षिणी सर्लाहीमा तनाव भएको छ।उत्तरी क्षेत्रबाट बगेर दक्षिणतिर जाने खोलाहरूमा आएको बाढीले दक्षिणी क्षेत्रका केही गाउँमा पसेपछि समस्या देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्