२५ भाद्र २०८३ बिहीबार
image/svg+xml

विपद्का बेला राजनीति गर्ने होइन, पीडितको आँसु पुछ्ने हो : रवि लामिछाने

लामिछानेले बाढी तथा पहिरोका कारण सर्वस्व गुमाएका नागरिकको अवस्था अत्यन्तै पीडादायी रहेको उल्लेख गर्दै यस्तो समयमा राजनीतिको रोटी सेक्ने काम गर्न नहुने बताए।

जेनजी विद्रोहलाई जनआन्दोलन घोषणा गरी थुनामा रहेकालाई रिहा गरियोस् : यज्ञमणि न्यौपाने

न्यौपानेले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका व्यक्तिहरूलाई तत्काल थुनामुक्त गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।

होल्डिङ सेन्टरमा रहेका बाढी पीडितको अस्थायी बसोबासको लागि सर्वेक्षण सुरु

सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई होल्डिङ सेन्टरमा बसिरहेकाहरूको इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण गरिरहेको छ।

शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको ‘बेहुली’ ले कति पायो शो?

नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका आफ्ना हलहरूमा बाक्लो शो निकालेको छ,

बाढी पीडितको उद्धारमा सरकारले अपेक्षित गति लिन सकेन : वासना थापा

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीमा उद्धार तथा राहतमा सरकारले अपेक्षित गति लिन नसकेको आरोप लगाएकी छिन्।

बुद्धिप्रसाद पन्तको प्रश्न : गोली खाने दोषी, गोली हान्ने निर्दोष हुने कस्तो न्याय हो ?

उनले तत्कालीन सरकारले आन्दोलनमाथि निर्मम दमन गरेको आरोप लगाउँदै त्यसपछि सरकार परिवर्तन भए पनि आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका युवाहरूको अवस्था गम्भीर रहेको बताए।

विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड

मन्त्रालयले बैठकबाट प्राप्त सुझावलाई आगामी कार्ययोजना तथा नीति निर्माणमा समेट्दै विपद्पछिको स्वास्थ्य प्रतिकार्य, पुनर्स्थापना र दीर्घकालीन स्वास्थ्य तयारीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्नुपर्छ : सांसद केसी

केसीले जेनजी आन्दोलन सरकारको शैली परिवर्तन र सुशासनको निम्ति भएको बताएका छन्।

रसुवा बाढीमा बेपत्ता हुनेको खोजी र पीडितको पुनर्स्थापनामा सरकार गम्भीर बन्न ठगुन्नाको माग

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ताको खोजी तथा पीडितको उद्धार, राहत र पुनर्स्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

रसुवा बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि नाइमाको ५० लाख सहयोग

नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार प्रदान गरेको उक्त सहयोग अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

बर्ड फ्लुको जोखिमबीच सीमाबाट कुखुरा तस्करी तीव्र, सुरक्षा निगरानीमाथि प्रश्न

नेपालमा बर्ड फ्लुको संक्रमणको जोखिम बढिरहेका बेला भारतसँग सीमा जोडिएका रौतहट र सर्लाहीका विभिन्न नाकाबाट तयारी कुखुरा तथा चल्लाको तस्करी व्यापक मात्रामा भइरहेको व्यवसायीहरूले आरोप लगाएका छन्।

रसुवा बाढी–पहिरो राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

चिलिमे जलविद्युत् आयोजनाको उद्धारमा सघाउन सेनाले बोलायो कुलमान घिसिङलाई

नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सघाउन पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्