८ मंसिर २०८१ शनिबार
image/svg+xml

आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् ।

पर्वत अस्पतालले पाएन स्वास्थ्य बीमाको रकम

लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो।

वीरको बर्न वार्ड अर्को सातादेखि पूर्ण सञ्चालनमा

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अर्को सातादेखि बर्न वार्डका सम्पूर्ण सेवा सुरु हुने भएको छ।

स्वास्थ्य करका सबै रकम बिमाका लागि विनियोजन गर्नुपर्दछ: स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बिमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् ।

विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

पर्वतको जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ।

निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्दैछौं : मन्त्री पौडेल

बिमा बोर्ड शक्तिशाली हुनुपर्ने बताउँदै मन्त्री पौडेलले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि उल्लेख गरे। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ ।

बिमा सेवा व्यवस्थित छैन: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् ।

जुम्ला कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

जिल्ला प्रहरी कार्यालयको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नि:शुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको हो।

अस्पतालको बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।

स्वास्थ्य मन्त्रीको घोषणा: सबै प्रदेशमा अङ्ग प्रत्यारोपण केन्द्र, कोशीबाट सुरु गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् ।

मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी

स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिने गरी ताप्लेजुङमा मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी हुन थालेको छ ।

भेरी अस्पतालमा अनलाइन टिकट प्रणाली

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको स्वास्थ्यको हब नेपालगन्जमा अवस्थित भेरी अस्पतालले आफ्नो स्थापनाको एक सय ३० वर्षपछि बिरामीका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको छ।

अब भक्तपुरबासीले उपचार गर्न काठमाडाैं जानु पर्दैन!

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्।

निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्