आगामी वर्ष विद्युत क्षमता ४५ सय मेगावाट पुर्याउने सरकारी लक्ष्य
सरकारले आगामी आर्थिक वर्ष विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने घोषणा गरेको छ।
सरकारले आगामी आर्थिक वर्ष विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने घोषणा गरेको छ।
संघीय सरकारले आगामी आर्थिक वर्षमा उद्यममा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनमा इकोसिस्टम विकास गरी उद्यमशील वातावरण तयार गर्ने योजना अघि सारेको छ।
संघीय सरकारले आगामी आर्थिक वर्षदेखि नीजि क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रुपमा विकास गरिने भएको छ।
संघीय सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास क्षेत्रमा ५७ अर्ब खर्च गर्ने भएको छ।
संघीय सरकारले आगामी वर्ष प्रदेश तथा स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रकम वित्तीय हस्तान्तरण गर्ने भएको छ।
बजेटका कार्यक्षेत्र ५ वटा सरकारले आगामी आर्थिक वर्षको बजेटमा पाँच वटा कार्यक्षेत्र निर्धारण गरेको छ।
अर्थमन्त्री वर्षमान पुनःले देशका सबै ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको बताएका छन्।
सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बोलाएको बैठक २ घन्टा ढिलोगरी सुरु भएको हो।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो।
आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषणको समय सरेको छ। सरकारको आग्रहमा दिउँसो तीन बजेलाई दुवै सदनको बैठक सारिएको संसद सचिवालयले जनाएको छ।
सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ।
सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् ।
बैठक अहिले ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्न लागेको हो।
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ८ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने छ।