२० असार २०८१ बिहीबार
image/svg+xml

विकासका लागि सबै पार्टी एकै हुन्: उपसभापति पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरूको लक्ष्य जनताको सेवा भएकाले विकास निर्माणमा राजनीति दलहरूबीच विवाद नरहेको बताएका छन्।

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री डा महत

पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मापदण्डविपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताएका छन्।

कांग्रेस सांसदको आरोप: गृहमन्त्रीले प्रहरीमा ‘सरुवा आतंक’ मच्चाए

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको चेन अफ कमान्ड तोडेको आरोप लगाएका छन्।

प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ: सांसद पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन्।

गृहमन्त्रीलाई काँग्रेस सांसद राणाको प्रश्न: सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो?

नेपाली काँग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन,नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? भनी प्रश्न गरेका छन्।

राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे सांसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्: प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे सांसदलाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

सत्ता केन्द्रित राजनीतिले अस्थिरता बढायो : नेता डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता केन्द्रित राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताएका छन्।

गगनको टिप्पणी– प्रचण्डलाई प्रधानमन्त्री बनेर के गर्ने थाहा छैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनेर के गर्ने ? भन्नेसम्म पनि थाहा नभएको तिखो टिप्पणी गरेका छन् ।

संसद् भवनमा मदिरा बार राख्न सांसद् बजगाईंको प्रस्ताव

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रोस्टममा उभिएर बोल्दै सांसद बजगाईंले विदेशी संसद परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर आवश्यक: उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन् । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रती उत्तरदायी नहुँदा समस्या आएको बताए।

स्वास्थ्य मन्त्रालयमा छुट्याएको ४.६४ प्रतिशत बजेट अत्यन्त न्यून भयो: सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्य मन्त्रालयमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन्।

सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्दछ: दिलेन्द्रप्रसाद बडू

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् ।

विश्वप्रकाशको प्रस्ताव: दृश्य बदलौं, बाढीपछि बैठक होइन उद्धारमा जुटौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मौसमजन्य विपदको ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री शर्माले विगतको दृश्य बदलेर बाढीपछि बैठक नभइ उद्धारमा जुट्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन्।

कांग्रेसले माग्यो मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन्।

विधि,पद्धति र नियमभित्र रहेर बजेट तयारी ल्याइयोस् : कांग्रेस संसदीय दल

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्