१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले माग्यो मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन्।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख १ हजार जनसंख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको भन्दै सरकारको पूर्व तयारीबारे जवाफ माग गरेका हुन्।

उनले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रुपमा प्रभावित हनुसक्ने बताइएकोबारे सरकारको ध्यानाकर्षण गराए।

ति मध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको उनले बताए।

उनले मधेस प्रदेशमा ९८ हजार २ सय घर परिवार प्रभावित हुने अनुमान गरिएको हुँदा सरकारको पूर्वतयारी के छ भनेर जानकारी गराइदिन आग्रह गरे।

उनले यस वर्ष मधेस प्रदेशमा ९८ हजार २ सय घर परिवार प्रभावित हुने अनुमान रहेको बताए।

प्रकाशित: ३१ जेष्ठ २०८१ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App