१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर आवश्यक: उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन् । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रती उत्तरदायी नहुँदा समस्या आएको बताए।

पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबीच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशन अनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ ।  बिहीबार नेपाली कांग्रेस दैलेखको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, जनप्रतिनिधि पार्टीपंति र जनताप्रति उत्तरदायी हुन जरूरी छ।

उनले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई लेखिने गरेर जिम्मेवारी तहमा रहेकाहरू सुध्रिन जरूरी रहेको बताए । जस्तोसुकै प्रतिकुलताको बीचमा पनि जमिनमा बसेर कांग्रेसलाई बचाएर राखेका पार्टीका सदस्यहरू जुनसुकै तहको नेतृत्वमा रहेकाहरू सुध्रिएको देख्न चाहन्छन्,उनले भने, नेतृत्वमा आएको रूपान्तरण देखिने गरि सुधारको अभियान कांग्रेसले खोजेको छ।

उपसभापति खड्काले मुलुकमा अहिले अप्ठ्यारो परिस्थिति सृजना हुन थालेको बताउँदै त्यो परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको बताए । उनले देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्तावेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावहरूलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए । उपसभापति, महामन्त्रीलगायतले महासमिति बैठकमा प्रस्तुत गरेका दस्तावेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ, उपसभापति खड्काले भने, त्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ ।

उपसभापति खड्काले कांग्रेस मिसन २०८४ तर्फ केन्द्रीत नरहेको बताए । उनले कांग्रेस अहिले मिसन २०८१ मै रहेको बताए । देशको समृद्धि र विकास कांग्रेसको मुल मिसन हो, त्यहीँ भएर २०८१, २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पुर्याउने भन्नेमा हामी छौं,झ उनले भने, ञयति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ।  

प्रकाशित: ३१ जेष्ठ २०८१ १८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App