१० मंसिर २०८१ सोमबार
image/svg+xml

पाँचथर हत्या प्रकरणः भागेर बाँचेकी बालिकाको उपचार सरकारले गर्ने

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै २ परिवारका ९ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो।

पाँचथर सामूहिक हत्या प्रकरण संसदमा प्रवेश, गृहमन्त्रीसँग जवाफ माग

प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्।

पाँचथर हत्या प्रकरणः ससुरा र ज्वाँई दुबैको वंश नास गर्ने सुनियोजित योजना

दुइघरमा गरी १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्मा सहित ९ जनाको मृत्यु हुँदा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्।

पाँचथर हत्या प्रकरण: दुई जनाको सनाखत, हाम फालेर ज्यान जोगाइन् एक युवतीले (अपडेट)

घटनास्थलमा रहेको दशमे चौकीको टोलीले दिएको पछिल्लो जानकारीअनुसार हत्या गरिएका मध्ये दुई जनाको सनाखत भएको छ।

पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या!

पाँचथरमा दुई परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ।

शितलका हत्यारा खोज्दै प्रहरी

जिल्लाको हिलिहाङ गाँउपालिका–४ कात्तिके भन्ने ठाँउमा किशोरीको घाटी रेटी हत्या गरेर फरार रहेका आरोपीको खोजी प्रहरीलाई टाउको दुखाई बनेको छ। १५ वर्षिय शितल योङहाङको हत्या गरी फरार भएका भनिएका फाल्गुनन्द गाँउपालिका–२ इम्बुङका पदम तामाङको खोजिमा प्रहरी जुटेपनि फेला पार्न सकिरहेको छैन।

एकैदिन दुई योजना उद्घाटन, चार शिलान्यास

यतिबेला १ नम्बर प्रदेश सरकार बजेट बनाउने तयारीमा छ। यहिबेला योजना माग्नेको भीड लाग्ने गरेको छ। मन्त्री जिल्लामा आएका बेला माग बुझाउनेलाई नै हुन्छ। यहाँका स्थानीय तहहरुले ठुला योजनाहरु समेत माग्ने गरेका छन्। सडक, सिचाई, खानेपानी, भवनलगायतका मागहरु आउने गर्छन्। मन्त्री जिल्लामा बाक्लो गरी आउने गर्छन्। यो अवसरमा स्थानीयहरुले लिखित तथा मौखिक मागहरु गर्छन्।

स्वास्थ्य कार्यालयबाट पूर्वाधारको काम !

सदरमुकाम फिदिमको गडी मन्दीर जाने बाटोमा स्वास्थ्य कार्यालय पाँचथर बोर्डमा उल्लेखीत कार्यालय रहेको छ। यो कार्यालयमा यति वेला जिल्लामा सञ्चालन हुने पूर्वाधार कार्यक्रमको सम्झौता गर्ने चहलपल चलिरहेको छ।

हिमालयन शेर्पालाई रोक्दै दार्जिलिङ फाइनलमा

शनिबारको अन्तिम सेमीफाइनलमा सडन डेथमा हिमालनय शेर्पालाई दार्जिलिङले हराएको हो। सडन डेथमा १–० ले दार्जिलिङ विजयी भएको हो।

पाँचथरमा सरकारले १ सय १५ घर बनाइदिने

प्रदेशतर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रमअन्तर्गत पाँचथरमा पहिलोपल्ट जनताको घर निर्माण गर्न लागिएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

झापालाई दार्जिलिङको झट्का

दुईपल्टको विजेता बिर्तामोड युनाइटेड क्बल झापालाई ३–२ गोलले स्तब्ध बनाउँदै पाहुना टोली दार्जिलिङ युनाइटेड क्लब सदरमुकाम फिदिममा जारी तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मंगलबार फिदिम माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा  झापाविरुद्ध दार्जिलिङले सुरुआतमै स्कोर गरेपछि साबिक विजेता दबाबमा परेको थियो। खेलको १९औ मिनेटमा दार्जिलिङले प्रहार गरेको कर्नर झापाका दिलेन लोक्तामको खुट्टामा ठोकिएर गोलमा परिणत भएको थियो।

मोरङसँग आयोजक स्तब्ध

अनुभवी खेलाडीले भरिएको डिएफसी मोरङसँग आयोजक पाँचथर क्बल घरेलु मैदानमा प्रतिस्पर्धात्मक खेल खेले पनि गोल गर्न नसक्दा जारी तेस्रो पाँचथर गोल्डकप फुटबलमा स्तब्ध भएको छ।

मोरङ र झापाको विजयी सुरुआत

वर्षाका कारण निर्धारित समयभन्दा एक दिनपछि आइतबारबाट तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फिदिममा सुरु भएको छ। फिदिम माविको खेलमैदानमा आइतबार भएका दुई खेलमा डिएफसी मोरङ र बिर्तामोड युनाइटेड झापाले विजयी सुरुआत गरेका छन्। खराब मौसमले हिलाम्मे बनेको मैदानमा खेल भएको थियो।

तेश्रो पाँचथर गोल्डकप शनिबारदेखि

पाँचथर जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘पाँचथर गोल्डकप’को तेश्रो संस्करण शनिबारबाट सुरु हुदैछ। प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विदेशी क्लब सहित १ नम्बर प्रदेशका चर्चित क्लबहरु गरी दश टिम सहभागी हुनेछन्।

परीक्षामा पहिलाे बनाइदिन्छु भन्दै छात्रामाथि याैन दुर्व्यवहार

पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिकामा कार्यरत एक शिक्षकलाई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्