७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मोरङसँग आयोजक स्तब्ध

पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै मोरङ (नीलो) र आयोजकका खेलाडी। तस्बिरः गिरिराज/नागरिक

पाँचथर– अनुभवी खेलाडीले भरिएको डिएफसी मोरङसँग आयोजक पाँचथर क्बल घरेलु मैदानमा प्रतिस्पर्धात्मक खेल खेले पनि गोल गर्न नसक्दा जारी तेस्रो पाँचथर गोल्डकप फुटबलमा स्तब्ध भएको छ।

आत्मविश्वासका साथ मैदानमा उत्रिएको मोरङलाई चुनौती दिए पनि मौकाहरू सदुपयोग गर्न नसक्दा आयोजक पहिलो खेलबाटै बाहिरिएको हो। विदेशी खेलाडी अरमानको दुई गोलप्रेरित मोरङ ३–० ले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मौसमकोे सुधार आएपछि भएको खेल सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बन्यो।

खेलको १४औं मिनेटमा अरमानले गोल गर्दै मोरङलाई अग्रता दिलाए । गोलकिपरले बल पूर्ण रूपमा नियन्त्रणमा लिन नसकेको अवस्थामा उनले बललाई जाली चुमाए। त्यसको एक मिनेटपछि नै मोरङका हेमन्त थापामगरले अग्रता दोब्बर बनाए। पेनाल्टी क्षेत्रनजिकै आयोजकका खेलाडीले फल गरेपछि पाएको फ्री किक बललाई हेमन्तले जाली चुमाएका थिए।
घरेलु मैदानमा सुरुआती १५ मिनेटभित्र नै दुई गोल खाएपछि आयोजकका खेलाडी दबाबमा परे। दोस्रो हाफमा आयोजकले दबाब सृजना गरे पनि गोल हुन सकेन। इन्जुरी समयमा मोरङका अरमानले गोल गर्दै अग्रता फराकिलो बनाए। बल खोसाखोस भइरहेको अवस्थामा उनले गोल गरे। २५औं मिनेटमा पाँचथरका शरण बस्नेतले हेडरमार्फत गोल गर्ने मौका गुमाएका थिए।

पाँचथरका प्रवीण जबेगु, मनोज जबेगु, सुमन लिम्बुले पाएका केही राम्रा मौका गुमाउँदा आयोजक स्तब्ध बन्यो।

आयोजकका गोलरक्षक रोशन नेपालले केही उत्कृष्ट बचाउ गर्दै घरेलु समर्थकको मन जित्न सफल भए पनि टोलीलाई हारबाट पार लगाउन सकेनन्। मोरङ हेमन्त थापा म्यान अफ दी म्याच घोषित भए।

मंगलबार बिर्तामोड युनाइटेड क्बल झापाले भारतको दार्जिलिङ युनाइटेड क्बलको सामना गर्नेछ। प्रतियोगितामा विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ नगद र ट्रफी पाउनेछन्।

प्रकाशित: २६ चैत्र २०७५ ०४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App