चौरी महोत्सवको तयारी सुरु
पाँचथरमा चौरी महोत्सवको तयारी सुरु भएको छ। नयाँ वर्षको दिन जिल्लाको फालेलुङ गाउँपालिकास्थित चाररातेमा तेस्रो चौरी महोत्सवका लागि तयारी अघि बढाइएको हो।
पाँचथरमा चौरी महोत्सवको तयारी सुरु भएको छ। नयाँ वर्षको दिन जिल्लाको फालेलुङ गाउँपालिकास्थित चाररातेमा तेस्रो चौरी महोत्सवका लागि तयारी अघि बढाइएको हो।
पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरा जोड्ने एक सय ४५ किलोमीटर कोशी करिडोरको सडक निर्माणका क्रममा बाटोमुनिको जग्गा, पानीको मुहान, सिँचाइ कुलो पुरिएको भन्दै विभिन्न क्षेत्रका बासिन्दाले गुनासो पोखिरहेका छन्।
तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता चैत–२३ देखि सुरु हुने भएको छ। आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजक पाँचथर क्बलले प्रतियोगिताको तयारी तीव्र बनाइएको जानकारी दिएको हो।
फिदिम नगरपालिकामा पर्ने रानीटारको स्याउँडाडामा विमानस्थल बनाउने चर्चा भएको एक दशक भईसक्यो। स्थानीय सहुलियतमा जग्गा उपलब्ध गराउन तयार भएर बसेका छन्। विभिन्न चरणमा अध्ययनहरु पनि भएका छन्। तर यो ठाँउमा विमानस्थल बनाउने कामलाई सरकारी प्राथमिकतामा राखिएको छैन।
नेपाल–भारत सिमानामा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती बिन्दु पाँचथरको चिवा भञ्याङबाट नयाँ शक्ति पार्टी नेपालको ‘जनसंवाद यात्रा २०७५’ सुरु भएको छ। एक महिनापछि पश्चिम बैतडीको झुलाघाटमा सकिने यात्राको पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले सुरुवात गरे।
जिल्लाको कुम्मायक गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन्। शुक्रवार राती कुम्मायक गाउँपालिका–२ की ६ वर्षीय बालिका बलात्कृत भएकी हुन्।
पाँचथरको सदरमुकाम फिदिमबाट गत मंसिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण प्रारम्भ गरियो। गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा निकै तामाझामका साथ परिचयपत्र वितरण सुरु गरिएको थियो। र, यसअघि जसरी विवरण संकलन गरिएको थियो त्यसरी नै परिचयपत्र (कार्ड) पनि वडावडामा पुगेर वितरण गर्ने भनिएको थियो।
पाँचथर गजल मञ्चका अध्यक्ष समेत रहेका स्पन्दन दिपक खनाल मंगवार साझ सदरमुकाम फिदिमको गणतन्त्र चोकमा यसरी गजल बाचन गर्दै थिए । २०६२/०६३ सालको जनआन्दोलन र संविधान निर्माणमा बिलम्ब हुँदा यसरीनै यो चोकमा साहित्यीक रचना सुनिन्थ्यो। यो पल्ट भने चिकित्सा शिक्षा सुधारका लागि भएका सम्झौता कार्यान्वयको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा कविहरुले रचना सुनाए।
भारतसँग सिमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा सुरक्षा उपस्थीति नहुँदा स्थानीयले सास्ती भोग्नु परिरहेको छ। लेकाली क्षेत्रमा महत्पूर्ण वनस्पती भारतीयहरूले सहजै उपभोग गरिरहेका छन्।
फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ।
एक महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि पक्राउ परेका फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका देवेन्द्र शिवासँग तीनवटा नागरिकता भएको खुल्न आएको छ।
शनिबार दिउँसो पाँचथरको हिलिहाङ गाउँपालिका पर्ने पञ्चमीको पिनासीघाटमा युवाहरू एकातिर उत्साहित थिए भने अर्कोतिर संशकित पनि थिए। तमोर नदिको यो किनारामा हेर्नेहरूको संख्या पनी उत्तिकै थियो। यहाँ साहसीक खेलको रुपमा लिइने र्याफ्टिङ हुन लागेको थियो।
गत वर्षदेखि पाँचथरमा चर्चा बटुल्न सफल नयाँ गन्तव्य साधुटार आउनेहरूको संख्या यो सिजनमा पनि उत्तिकै देखिएको छ। ‘फोटो जेनीक’ ठाउँको समेत उपनाम पाएको यो ठाउँमा हिउँद लागेदेखि घुम्न आउनेको संख्यामा उलेख्यमात्रमा वृद्धि भएको छ।
नेपालमै पहिलो पल्ट पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। १ सय १ बर्षीय भगवती भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले पहिलो राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै वितरणकाे शुभारम्भ गरेका थिए।
मंसिरको घाम तापेर घरमै बसिरहेकी भगवतीदेवी भण्डारीले आफ्नो हातमा पहिलोपल्ट राष्ट्रिय परिचयपत्र पर्ने सुनेपछि गदगद भएको बताइन् । उनलाई राष्ट्रिय परिचयपत्र किन दिन लागिएको भन्ने त थाहा छैन तर फिदिममा ठूलो कार्यक्रममा आफूले पहिलोपल्ट परिचयपत्र पाउन लागेको सुनेकाले उनी उत्साहित भएकी छन्।