५ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकासँग ५० अर्ब रूपैयाँको सहयोग सम्झौतामा हस्ताक्षर

अमेरिकाले नेपाललाई प्रदान गर्ने ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) को अनुदान सम्झौतामा वासिंगटन डिसीमा बिहीबार राति हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयको ट्रिटी रूममा भएको सहयोग सम्झौतामामा नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अमेरिकी उपविदेशमन्त्री जोन सुलिभानले हस्ताक्षर गरेका छन्।

‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा जित्यो अवार्ड

लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु (नेपाल अर्थक्वेक ः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ।

नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाउने भएको हो। अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगटस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो। अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर महिनामा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।

एनआरएन अमेरिकामा पुनः डा.पौडेल

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा पुनः डा.केशव पौडेल विजयी भएका छन्। एनआरएनएका विश्वका ७६ शाखामध्ये सबैभन्दा ठूलो अमेरिका शाखा हो।

अमेरिकामा आँधीका कारण ९ जनाको मृत्यु

अमेरिकाको क्यारिबियन क्षेत्रमा आएको हरिक्यान इर्मा नामक आँधीका कारण कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ ।

एनआरएन अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६ मा

एनआरएन अमेरिकाको स्थगित निर्वाचन सेप्टेम्बर ५ र ६ मङ्गलवार र बुधवार हुने भएको छ। निर्वाचन समितिले हिजो राती अबेर सुचना जारी गर्दै निर्वाचनको मिति सार्वजनिक गरेको हो। यसअघि अध्यक्षका उम्मेदार गौरी जोशीले आफूलाई उम्मेदवार बन्न रोकेको भन्दै टेनेसी अदालतमा दायर गरिएको मुद्दा गत हप्ता फिर्ता लिएपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शुरु गरेको हो।

अमेरिकामा दिनबन्धुको पुराण अभियान

अमेरिकामा नेपाली समुदायले आआफ्नो बासोबास भएको स्थानमा सामुदायिक भवन निर्माणमा जुटेका छन्। सामुदायिक भवन निर्माणका लागि पछिल्लो एक महिनामा मात्रै पण्डित दिनबन्धु पोख्रेलले बोष्टन, नर्थ क्यारोलिनामा सात दिने श्रीमद भागवत महापुराण वाचन गरेका छन्। आजबाट न्यूयोर्कमा रिजउड नेपाली सोसाईटीको आयोजनामा भागवत पुराण शुरु भएको छ।

अमेरिकाबाट बाढीपीडितका लागि ५० लाख सहयोग

नेपालको तराई क्षेत्रमा गएको बाढीपीडितका लागि गैरआवसीय नेपाली संघले आजदेखि सप्तरीमा राहात वितरण र स्वास्थ्य चौकी संचालनमा ल्याएको छ। जसका लागि आजै अमेरिकाज् क्षेत्रबाट क्षेत्रिय उपसंयोजक एसी शेर्पासहितको टोली नेपाल पुगी सप्तरीमा एनआरएनको सामुहिक कार्यक्रममा सहभागी भएकाे छ। अमेरिकाज् क्षेत्र अन्र्तगत अमेरिका र क्यानडामा गरी उठेको रकम करिब ५० हजार डलर (करिब ५० लाख रूपैयाँ) रहेको उपसंयोजक शेर्पाले बताए।

नेविसंघका नेताहरु बाढीपीडितका लागि अमेरिकामा सहयोग जुटाउँदै

नेपाल विधार्थी संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री सरोज कुमार थापा नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन्। संयूक्त राष्ट्र संघको सष्टेनेवल डेभलपमेन्ट गोल अन्र्तगत समर युथ एसेम्भलीमा सहभागी हुन आउने क्रममा नेपालमा बढी पीडितका लागि सहयोग गर्न प्रस्ताव गरेको अध्यक्ष नैनसिह महरले बताए।

अमेरिकाले ५१ अर्ब सहयोग गर्ने

सन् २००४ मा स्थापित एमसिसीले भ्रष्टाचारविरुद्ध संघर्ष गर्नेदेखि लोकतान्त्रिक अधिकारको सम्मान गर्नेसम्मका सुशासनका मापदण्ड पूरा गर्ने विपन्न देशलाई सहायता प्रदान गर्छ।

अमेरिकामाथि तत्कालै हमला नगर्ने कोरियाको निर्णय

उत्तर कोरियाली शासक किम जोन उनले अमेरिका माथि तत्कालै हमला नगर्ने बताएका छन् ।

अमेरिकाको भर्जिनियामा हिंसा, एकको मृत्यु

अमेरिकाको भर्जिनिया राज्यको चार्लोटेस्भिल्लामा गोरा जातिको सर्वोच्चताको माग गर्ने समूह र विपक्षीबीच तनाव चर्किएपछि भएको हिंसामा एक महिलाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।

उत्तर कोरियाप्रति अमेरिका लचक, कूटनीतिक पहल खोजिँदै

अमेरिकाले उत्तर कोरियासँगको विवाद समाधान गर्न अझै कूटनीतिक पहल गरिरहेको जनाएको छ । रक्षा सचिव जेम्स म्याटिस्ले अमेरिकाले अझै कूटनीतिक पहल गरिरहेको बताएका छन् । सम्बन्ध सुधारका लागि विनाशकारीभन्दा कूटनीतिक बाटो अपनाउनुमै विश्वको भलाई रहेको म्याटिस्को दाबी  छ ।

अदालतको आदेशपछि एनआरएन अमेरिकाको निर्वाचन अनिश्चित

निर्वाचन हुनुभन्दा तीन दिन अघि टेनेसी अदालतले दिएको आदेशका कारण गैरआवासिय नेपाली संघ अमेरिकाको अधिवेसन अनिश्चित बनेको छ। केन्द्रिय अधिवेशनलाई प्रभाव पार्न सक्ने सबैभन्दा धेरै सदस्य रहेको अमेरिकामा आफूलाई उम्मेदवार बन्नबाट बन्चित गरेको भन्दै अध्यक्ष पदका प्रत्यासी गौरी जोशीले अदालतमा दायर गरेको मुद्दामा टेनेसी अदालतले अर्को आदेश नआउँदासम्म सबै प्रकारका निर्वाचन प्रकृया रद्द गर्न र विपक्षीको कुरा सुन्ने गरी आन्तरिम आदेश जारी गरेपछि निर्वाचन रोकिएको हो।

अमेरिकामा नेपाली युवकको मृत्यु

अमेरिकाको बोष्टनमा नेपाली युवक जयेन्द्रदेब आचार्यको मृत्यु भएको छ। ३० वर्षीय उनको गए राति घरमै सुतिरहेको अवस्थामा हृदयघातबाट निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्