२४ मंसिर २०८२ बुधबार
image/svg+xml

लोसपासहित मधेस केन्द्रित तीन दल एक हुँदै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा), जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण गर्न तीनै दलका अध्यक्षले निर्णय गरेका छन् ।

मुलुकको संकट टार्न कांग्रेस सभापति सर्वसम्मत चुनौं: निधि

नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले पार्टीको आसन्न १५ औँ महाधिवेशनबाट सकेसम्म सर्वसम्मत र निर्विरोध रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

देउवाले ‘पार्टी फुटाएर बिदा हुन चाहन्नँ’ भनेपछि हामीले महाधिवेशन स्वीकार गर्‍याैं: निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहका कारण आफूहरूले असहमति हुँदाहुँदै पनि निर्वाचनअघि नै १५ औँ महाधिवेशन गर्ने निर्णय स्वीकार गरेको खुलासा गरेका छन्।

उपाधि होडबाट बाहिरियो काठमाडौं, लुम्बिनी ४ विकेटले विजयी

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ‘एलिमिनेटर’ खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको हो।

अस्ट्रेलियामा किशोर–किशोरीलाई सामाजिक सञ्जाल बन्देज

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्णरूपमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो मुलुक अस्ट्रेलिया बनेको छ ।

तेस्रो देउमाई नगर तरुण कप पुसमा

देउमाई नगरपालिकामा तेस्रो संस्करणको वडास्तरीय तरुण कप फुटबल प्रतियोगिता आउँदो पुसमा आयोजना गरिने भएको छ ।

झापाको न्यू स्टार सिरिजङ्गा गोल्डकपमा सेमीफाइनलमा

टाईब्रेकरमा पाँचथर फुटबल क्लवलाई ४–३ ले पराजित गर्दै झापाले सेमीफाइनलमा स्थान बनाएको हो ।

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सुनसरी–३ मा गच्छदारको ‘एकल दाबी’ अस्वीकृत, टिकटका लागि भतिजासँगै प्रतिस्पर्धा

आगामी फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ ले पार्टीका नेता विजयकुमार गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ।

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ।

उपराष्ट्रपति यादव र कतारका राजदूतबीच भेटवार्ता

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य

काठमाडौंको सुरुवात निकै खराब रह्यो। लुम्बिनीका बलरहरू हावी हुँदा काठमाडौंले १० ओभरमै ५१ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो। सुरुवाती ब्याटरहरू आकाश त्रिपाठी, सन्नी पटेल, मिलिन्द कुमार र बेन चार्ल्सवर्थ सस्तैमा समेटिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्