नोराको रहस्यमय प्रेम : मोरक्कन फुटबल स्टार हाकिमीसँग डेटिङको हल्ला !
सन् २०२३ मा हाकिमीमाथि एक २४ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। उनलाई न्यायिक निगरानीमा राखिएको थियो। आरोप लगाउने महिलालाई सम्पर्क गर्न प्रतिबन्ध लगाइएको थियो तर फ्रान्स छोड्न अनुमति दिइएको थियो। हाकिमीका वकिल फ्यानी कोलिनले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएका छन्। यो मुद्दा अझै विचाराधीन छ र फ्रान्सेली अभियोजनकर्ताले सन् २०२५ मा ट्रायलका लागि सिफारिस गरेका छन्, तर अदालतले अन्तिम निर्णय लिन बाँकी छ।

