४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विद्यालयलाई गण्डकी विकास बैंकको सहयोग

गण्डकी विकास बैंकले लक्ष्मी मावि लेखनाथको ६०औं वार्षिकोत्सवको अवसरमा ३५ हजार रुपैयाँआर्थिक सहयोग गरेको छ।

गण्डकी विकास बैंकको बोनस पारित

गण्डकी विकास बैंक लिमिटेडको १९.३१०६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार बसेको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।बैंकले आर्थिक वर्ष ०७३-७४ सम्मको सञ्चित नाफाबाट उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’

अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो।

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।

फागुनभित्र कालीगण्डकीको पानी तानसेनका धारमा आइपुग्ने

पाल्पा सदरमुकाम तानसेनको खानेपानी समस्या समाधानका लागि कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाको काम ३८ प्रतिशत सम्पन्न भएको छ।

रत्नचोकमा गण्डकी विकास बैंक

पोखराको रत्नचोकमा गण्डकी विकास बैकको शाखा सञ्चालन गरेको छ । एक कार्यक्रमकाबीच प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेको बैंकले जनाएको छ ।

कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता

कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन्।

कालीगण्डकीमा बगेर दुई युवा बेपत्ता

कालीगण्डकी नदीमा बगेर दुई युवा बेपत्ता भएका छन् । बगनाशकाली  गाउँपालिका–६, यम्घा स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा दुई युवा बेपत्ता भएका हुन्।

घोराही र पर्सामा गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले दाङको घोराही र चितवनको पर्सामा शाखा खोलेको छ । घोराही शाखाको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले र पर्सा शाखाको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले उद्घाटन गरेको बैंकले जनाएको छ।

धनगढीमा गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले कैलालीको धनगढीमा शाखा खोलेको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले ग्राहकलाई प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिएको बैंकले जनाएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको समेत सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालगन्जमा गण्डकी विकास बैंक

गण्डकी विकास बैकले नेपालगन्जमा शाखा सञ्चालन गरेको छ । बैंकका अध्यक्ष जगनबहादुर गुरुङले उक्त शाखाको उद्घाटन गरेका थिए ।

कालीगण्डकी करिडोर चौडाइको काम सुरु

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको चौडाइ गर्ने काम सुरु भएको छ। गुल्मीको रिडीबाट बागलुङको मालढुंगासम्म खोलिएको ट्रयाकलाई चौडा गर्ने काम सुरु भएको हो।

नेसनल लाइफ र गण्डकीबीच बैंकासुरेन्स सम्झौता

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखराको गण्डकी विकास बैंकबीच बिहीबार बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ।

बुढीगण्डकीमा टिपर खस्यो,चालकको मृत्यु

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटस्थित चिउरीगौडा भन्ने ठाउँमा राती १ बजे टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्