२ मंसिर २०८१ आइतबार
image/svg+xml

राइनोज र सोविज विजयी

भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको शानिबार सम्पन्न खेलमा राइनोज स्पोर्ट्स क्लब काठमाडाैँ र सोविज क्रिकेट क्लब काठमाडाैँ विजयी भएका छन्।

नेपालको अप्रत्याशित हार

सन्दीप लामिछानेले ट्वान्टी–२० क्रिकेटमा सयौं विकेटको कोसेढुङ्गा पार गरेको दिन नेपालले एसिसी इस्टर्न रिजनको पहिलो खेलमा शनिबार लज्जापूर्ण हार बेहोरेको छ।

असरक र शंकरनगर विजयी

बंगलादेशको असरक स्पोर्ट्स क्लबले भैरहवामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेटमा दोस्रो जित निकाल्दा शंकरनगर क्रिकेट क्लबले पनि सफलता प्राप्त गरेको छ।

एसियन च्यालेन्जर ट्रफी, वेस्टर्न र असरक विजयी

नेपालको वेस्टर्न क्रिकेट क्लब र बंगलादेशको असरक स्पोटर्स क्लबले अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

नेपालको बेस्टर्न र बाङलादेशको असरक विजयी

अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ। भैरहवाको सिद्धार्थ रंगशालामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा नेपालको बेस्टर्न क्रिकेट क्लब र बाङलादेशको असरक स्पोटर्स क्लब विजयी भएको छ।

भारत संघर्षको स्थितिमा

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले तीन विकेट लिएपछि भारतले पहिलो टेस्ट क्रिकेटको आइतबार तेस्रो दिनको खेल सकिँदा संघर्ष गर्नुपरेको छ।

दुईदिवसीय क्रिकेटको तयारी पूरा

सोमबारबाट हुने यु–१९ दुईदिवसीय क्रिकेट प्रतियोगिता हिमालयन क्रिकेट लिगको उद्घाटन खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) र हिमालय क्रिकेट एकेडेमी (एचसिए) भिड्ने भएका छन्।

माछापुच्छ्रे क्रिकेटको तयारी पूरा

शनिबारबाट हुने छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

नेपालको कीर्तिमानी जित

शृंखलाका चारमध्ये दुई खेलमा सफलता प्राप्त गरेको नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै श्रीलंकाको १६ वर्षअघिको कीर्तिमानसँग बराबरी ग-यो।

अमेरिकाविरूद्ध नेपालको कीर्तिमानी जित

आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत बुधवारको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । यस अघि नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको गरेको थियो। यो एक दिवसीय क्रिकेटमा यो सबैभन्दा कम स्कोर हो।

अमेरिका ३५ रनमा अलआउट

आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत बुधवारको खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ। एक दिवसीय क्रिकेटमा यो सबैभन्दा कम स्कोर हो।

ओमानलाई शतप्रतिशत सफलता

कप्तान जिसन मक्सुद र अकिब इलयासले २ सय १६ रनको विशाल साझेदारी गरेपछि ओमानले नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकासँगको दोस्रो खेल पनि जित्दै शृंखलामा शतप्रतिशत सफलता प्राप्त गरेको हो।

अबदेखि महिला क्रिकेटरको पनि ग्रेडिङ

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुषलाई म्याच फी दिने र नेपाली महिला क्रिकेट टोलीको पनि ग्रेडिङ गर्ने नयाँ व्यवस्था गरेको छ।

नसिमको कीर्तिमानसँगै पाकिस्तान जितनजिक

तीव्र गतिका युवा बलर नसिम साहले टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छो खेलाडीको विश्व कीर्तिमान आइतबार बनाएसँगै पाकिस्तान बंगलादेशविरुद्धको पहिलो टेस्टमा जितनजिक पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्