२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

राइनोज र सोविज विजयी

भैरहवा - भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको शानिबार सम्पन्न खेलमा राइनोज स्पोर्ट्स क्लब काठमाडाैँ र सोविज क्रिकेट क्लब काठमाडाैँ विजयी भएका छन्।

पहिलो खेलमा पाकिस्तानको गुजरात लायन्स क्रिकेट क्लबलाई राइनोजले ८ विकेटले पराजित गरेको छ। पहिलो पारीमा खेल्दै गुजरात लायन्सले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो। १ सय ७ रनको लक्ष्य पाएको राइनोजले १३ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै सजिलै लक्ष्य भेट्टाउन सफल भयो। जितका लागि राइनोजका सोनु अन्सारीले सार्वधिक ६५, नरेश चन्दले अविविजत २७ र सुनील चन्दले १० रनको पारी खेले। बलिङतर्फ गुजरातका जाफर जम्सिदले १ विकेट लिए।

पहिलो पारी खेलेको पाकिस्तानी टिम गुजरातका अबु बखर सिद्दीकीले सार्वधिक २३, मजिद इलियासले १६ र वकर अजिम र इलियास रजा हैदरले १४/१४ रनको योगदान गरे पनि जित हात पार्न सकेनन्। बलिङतर्फ राइनोजका दीपेन्द्र ऐरी ३, समसाद अन्सारी र अल्फाज मन्सुरीले २/२ र धीरज शाही, मान बहादुर थापाले १/१ विकेट लिए। शनिबार नै सम्पन्न दोस्रो खेलमा सोविजले अल्फा वरियर्स मुम्बईलाई १५ रनले पराजित गरेको छ। टस जितेर ब्यटिङ रोजेको सोविजले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो। १ सय १७ रनको लक्ष्य पाएको अल्फाले २० ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पार गर्न नसकेर हार बेहोर्नुपर्‍यो। जितका लागि सोविजका अभियान बस्नेतले सर्वाधिक ३६, दीपक बोहराले १५  र अंकित सिंहले १३ रनको योग्दान गरे। बालिङमा अल्फाका रितेश कुमार र योगराज गरतले २/२, जनुज प्रताप र हम्जा फारुकीले १/१ विकेट लिए।

अल्फाका रितेश कुमारले २०, अजय श्रीवास्तवले १९ र प्रथमेश महासकरले नटआउट १४ रनको योगदान गरे पनि जित हासिल गर्न सकेनन्। बलिङतर्फ सोविजका अभियान बस्नेतले २ र अनुप श्रेष्ठ, शुभम सिंह ठकुरीले १/१ विकेट लिए। शानिबारको पहिलो खेलमा राइनोजका सोनु अन्सारी र दोस्रो खेलमा सोविजका अभियान बस्नेत म्यान अफ दी म्याच भए। भैरहवा क्विन्स प्रालिको आयोजना र राइनो स्पोर्ट्सको संयोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा पहिलो पटक भइरहेको अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बाङ्लादेश र पाकिस्तानका ८ वटा व्यवसायिक क्लबले प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: १८ फाल्गुन २०७६ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App