भैरहवा – नेपालको वेस्टर्न क्रिकेट क्लब र बंगलादेशको असरक स्पोटर्स क्लबले अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। भैरहवाको सिद्धार्थ रंगशालामा बिहीबार सम्पन्न खेलमा वेस्टर्नले सोबिज क्रिकेट क्लब काठमाडौंलाई र असरक स्पोटर्सले भारतको अल्फा वारियर्सलाई हराउँदै विजयी सुरुआत गरेका हुन्। वर्षाका कारण दुवै खेल १२ ओभरमा खेलाइएको थियो। १ सय ३३ रनको लक्ष्य पछ्याएको सोबिजले १२ ओभरमा ५ विकेट गुमाउँदै ५४ रन मात्र बनाएपछि वेस्टर्न क्रिकेट क्लबले ७८ रनको फराकिलो जित दर्ता ग¥यो।
टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टर्नले १२ ओभर ३ विकेट गुमाउँदै १ सय ३२ रन विशाल योगफल बनाएको थियो। वेस्टर्नका प्रदीप ऐरीले नटआउट ५३ रनको योगदान दिँदा कुशल भुर्तेलले १८ र कृष्ण कार्कीले १७ रन बनाए। सोबिजको बलिङमा शुभम् सिंह ठकुरी, अनुप श्रेष्ठ र अंकितप्रताप सिंहले समान १ विकेट लिए।
सोबिजका अनुप श्रेष्ठले २६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान असफल भए। वेस्टर्नका वसन्त रेग्मी र कृष्ण कार्कीले दुई विकेट लिँदा विक्रम एओबीले एक विकेट निकाले। वेस्टर्नका प्रदीप ऐरी म्यान अफ दी म्याच घोषित भए। दोस्रो खेलमा १ सय ६२ रनको लक्ष्य पाएको भारतको अल्फा वारियर्स १०.५ ओभरमा अलआउट हुँदा ६५ रन मात्र बनाउन सफल भएपछि बंगलादेशको असरकले ९६ रनको फराकिलो जित निकाल्यो।
अल्फाका अजय श्रीवास्तले ३४ रनको अविजित इनिङ खेल्दा रितेश कुमारले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। असरकको बलिङतर्पm हमिद अहमदजाइले एक्लैले ६ विकेट लिँदै अल्फाको इनिङ धरासयी बनाए। अहमदजाई म्यान अफ द म्याच भए। असरकका मोहम्मद बदरुल्लाह चौधरीले दुई र अलिसमदले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको असरक स्पोट्स क्लबले निर्धारित १२ ओभरमा २ विकेट गुमाउँदै १ सय ६१ रनको विशाल योगफल बनाएको थियो।
असरकका अश्कर कोल्क नटआउट ७४ रन र मोहम्मद चौधरीले ५० रन बनाए। अल्फाको बलिङमा प्रताप गोसाउ र अजय श्रीवास्तवले १÷१ विकेट लिए। शुक्रबारको खेल बंलगादेशको असरक र सोबिज तथा दोस्रो खेल पाकिस्तानको गुजरात लायन्स क्रिकेट क्लब र राइनो स्पोट्र्स क्लब काठमाडांैबीच हुने रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए ।
भैरहवा क्विन्स प्रालिको आयोजना राइनो स्पोर्ट्सको संयोजनमा जारी अन्तरदेशीय प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका कुल ८ व्यावसायिक क्लबले प्रतिस्पर्धा गर्दैछन्। रूपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा २२ गतेसम्म हुने प्रतियोगिता ४÷४ क्लबलाई दुई समूहमा विभाजन गरी लिग चरणमा गराइँदै छ। प्रतियोगिताको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ।
प्रकाशित: १६ फाल्गुन २०७६ ०३:०६ शुक्रबार