२ मंसिर २०८१ आइतबार
image/svg+xml

एलेक्सलाई राष्ट्रिय टोलीमा देख्ने चाहना

इसिबीले टेस्ट र सीमित ओभरको खेललाई लक्षित गर्दै सम्झौतामा रहेका ३० खेलाडीलाई अभ्यासका लागि बोलाएको थियो ।

श्रीलंकाली क्रिकेटर प्रहरी हिरासतमा

श्रीलंकन पुलिसले अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सिहान मधुशंकालाई लागू औषधको कारोबार आरोपमा सोमबार नियन्त्रणमा लिएको छ । २५ वर्षीय मधुशंकाले २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा ह्याट्रिक गरेका थिए । मधुशंकालाई करिब दुई साता अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।

बजेट छुट्टाइयो तर बनाइएन डिपिआर, क्रिकेट मैदानको काम अघि बढेन

बहुउद्देश्यीय रंगशाला, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, हाईअल्टिच्युड खेल मैदान, एक स्थानीय एक खेलमैदान गण्डकी प्रदेशको योजना हो । पहिलो वर्ष योजनाको अघि सारियो । दोस्रो वर्षमा केही बजेट छट्टाइयो । तर खर्च भने हुन सकेन । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने चाहना राखेको प्रदेशले छुट्टाएको बजेट खर्च गर्न नसक्दा योजना अर्को आर्थिक वर्षको लागि धकेलिदैं छ ।

अभ्यास थाल्ने तयारीमा पाकिस्तान

‘२५ खेलाडीसम्म टिममा समावेश गर्न सकिन्छ । सबैलाई राखेर भ्रमण गर्ने तयारीका साथ अभ्यासमा जुटाउने हो । सम्भवतः एक सातापछि टोलीले अभ्यास थाल्नेछ ।’

सिजन बचाउने प्रयासमा बिसिसिआई

एक रिपोर्टका अनुसार कोरोना भाइरसको संक्रमण कम हुँदै गएमा बिसिसिआईले आगामी सेप्टेम्बर २५ देखि नोभेम्बर १ मा यस सिजन आयोजना गर्ने लक्ष्य राखेको छ ।

मध्यान्हको चर्को घाममा करणको बलिङ अभ्यास

मध्यान्हको चर्को घाम । लकडाउन पनि केही खुकुलो भएको छ । सर्प लुक्नेयुक्त घाँसे मैदान । पोखरा रंगशालाभित्रको घाँसे मैदानमा नेपाली क्रिकेट टोलीका सदस्य करण केसी नियमित प्रशिक्षणको लागि व्यस्त छन् । उनलाई घामले शीर नै पोल्ने भएपनि वास्ता छैन । वास्ता छ त केवल आफ्नो फिटनेसको ।

क्रिकेट मैदान र कभर्ड हलमा सिट राख्ने टेण्डरको म्याद फेरी थपियो

पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति गर्न आह्वान गरिएको टेण्डरको म्याद तेस्रो पटक थप्दा बहुउद्देश्यीय कभर्ड हलमा सिट राख्ने टेण्डर पहिलो पटक म्याद थप गरिएको छ । क्रिकेट मैदान स्तरोन्नति र सिट राख्ने टेण्डरको म्याद एक साता थपिएको छ । क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउन र कभर्ड हलमा २ हजार सिट राख्न गत चैतमा टेण्डर आह्वान गरिएको थियो ।

अलीको अझै खेल्ने चाहना

इङ्ल्यान्डका स्पिनर मोइन अलीले राष्ट्रिय टोलीबाट अझै दुई तीन वर्ष खेल्न चाहेको बताएका छन् । अलीले कोरोना भाइरसको महामारीपछि टेस्ट टोलीमा समेत पुनरागमन गर्न चाहेको बताएका हुन् ।

रहिमको ब्याट अफ्रिदीले किन्ने

कोरोना भाइरस महामारीको रूपमा विश्वभर फैलिएसँगै पीडामा परेकालाई सहयोग गर्न खोलिएको बोलपत्रमा पाकिस्तानी पूर्वकप्तान साहिदले यस्तो प्रतिक्रिया दिएका हुन् । मुसफिकर रहिमले २०१३ को टेस्ट खेलमा डेब्यु गर्ने क्रममा प्रयोग गरेको ब्याट लिलाममा राखेका थिए । उक्त टेस्ट खेल श्रीलंकाविरुद्ध भएको थियो ।

मूलपानी क्रिकेट मैदान, अझै समाधान भएन जग्गा विवाद

निर्माणाधीन मूलपानी क्रिकेट मैदानको पर्खाल लगाउने काम हेर्दै ठूली तिमल्सिना टोलाइरहेकी थिइन्। उनी भन्दै थिइन्, ‘हामी बसेको आसपास केही स्थानमा मात्र पर्खाल लगाउन बाँकी छ।’

कोरोनाको सामना टेस्ट क्रिकेट जसरी : तेन्दुलकर

भारतीय क्रिकेटर सचिन तेन्दुलकरले महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई टेस्ट क्रिकेटसँग तुलना गर्दै धैर्य र टिम भावनाबाट सामना गर्न आग्रह गरेका छन्।

दक्षिण अफ्रिकी क्रिकेटर सेल्फ आइसोलेसनमा

भारत भ्रमणबाट फर्किएलगत्तै दक्षिण अफ्रिका क्रिकेट टोलीका सदस्य १४ दिनको सेल्फ आइसोलेसनमा बस्ने भएका छन्।

कोरोना त्रास घटे आइपिएल छोट्याएर खेलाइने

भारतीय क्रिकेट बोर्डका प्रमुख सौरभ गांगुलीले कोरोनाको त्रास घट्ने अवस्था भएमा इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिता छोट्याएर खेलाउन सकिने बताएका छन्। आगामी मार्च २९ देखि सुरु हुने विश्वकै ठूलो धनराशिको क्रिकेट प्रतियोगिता आइपिएल कोरोना भाइरस सन्त्रासका कारण गत शुक्रबार स्थगित भएको थियो।

आइपिएल सार्ने बिसिसिआईको निर्णय

भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)ले कोभिड–१९ कोरोना भाइरसको कारण देखाउँदै मार्च अन्तिमबाट सुरु हुने इन्डियन प्रिमियर लिग(आइपिएल) सार्ने घोषणा गरेको छ।

महावीर क्लब बालुवाटारसँग स्तब्ध

महावीर क्लबमाथि ६ विकेटको जित निकाल्दै बालुवाटार क्रिकेट क्लबले बिहीबार काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगिताको उपाधि उचालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्