८ वैशाख २०८१ शनिबार
खेल

महावीर क्लब बालुवाटारसँग स्तब्ध

काठमाडौं – महावीर क्लबमाथि ६ विकेटको जित निकाल्दै बालुवाटार क्रिकेट क्लबले बिहीबार काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगिताको उपाधि उचालेको छ।

मूलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न फाइनलमा महावीरलाई स्तब्ध बनाउँदै बालुवाटारले उपाधि उचाल्यो। १ सय ५९ रनको लक्ष्य बालुवाटारले ३८.४ ओभरमा ४ विकेट गुमाएर भेटाउन सफल भएको हो। सोनु तामाङले अविजित ५२  रनको योगदान दिँदा रिटायर्ड हर्ट हुनुअघि ओपनर सुमन उदयले अर्धसतकीय इनिङ खेलेपछि बालुवाटारको जित सम्भव भएको हो। सुमनले सात चौकाको मद्दतमा ५० रन बनाए।

सोनुले ५८ बलमा ६ चौका र दुई छक्का हिर्काए। अर्का ओपनर सञ्जय श्रेष्ठ शून्यमै ज्योति भण्डारीको बलमा दीपेन्द्र मैनालीबाट क्याच आउट हुँदा प्रविन जोशीले २२ रनको योगदान गरेका थिए। यस्तै अविनाश सिंह ११ तथा अविनाश बस्याल ९ रनमा अविजित रहे। बालुवाटारको चार विकेट लिने क्रममा महावीरका चन्द्रकुमार बुढा, ज्योति भण्डारी, दीपेन्द्र मैनाली र जितेन्द्र सिंह ठकुरीले समान एक/एक विकेट हात पारेका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महावीरले महावीरले ४६.१ ओभरमा सबै विकेट गुमाउँदा १ सय ५८ रन मात्र बनाउन सक्यो। महावीरका ओपनर विभात्सु थापाले ६७ रनको इनिङ खेले पनि अन्य ब्याट्सम्यानले गतिलो स्कोर गर्न सकेनन्। रविन जोसीले २१ रन, दीपेन्द्र मैनालीले २३ रन र सञ्जम रेग्मीले १५ रनको इनिङ खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

महावीरलाई सस्तैमा समेट्न सोनु तामाङले सर्वाधिक चार विकेट लिँदा सुमन उदयले तीन विकेट निकाले। फाइनलमा बालुवाटारका सोनु तामाङमा म्यान अफ दी म्याच घोषित भए। न्यु भिजन क्लबका नरेश चन्द उत्कृष्ट ब्याट्सम्यान चुनिँदा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका उज्वल थापा उत्कृष्ट बलर र म्यान अफ दी सिरिज बालुवाटारका सुमन उदय घोषित भए। मूलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न फाइनलमा महावीर क्लबलाई ६ विकेटले स्तब्ध बनाउँदै बालुवाटारले उपाधि उचाल्यो। १ सय ५९ रनको लक्ष्य बालुवाटारले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा भटायो।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App