२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकी क्रिकेटर सेल्फ आइसोलेसनमा

जोहानेसबर्ग – भारत भ्रमणबाट फर्किएलगत्तै दक्षिण अफ्रिका क्रिकेट टोलीका सदस्य १४ दिनको सेल्फ आइसोलेसनमा बस्ने भएका छन्।

भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृंखलाको दुई खेल बाँकी छँदा नै स्वदेश फर्किएको दक्षिण अफ्रिकी टोली बुधबारमा मात्र घर पुगेको थियो। पहिलो खेल वर्षाले रोकिँदा बाँकी दुई खेल रद्द भएपछि दक्षिण अफ्रिका प्रतिस्पर्धा नै नगरी घर फर्किएको थियो। पछिल्लो समय कोरोनाको त्रास बढेसँगै घर फर्किएको टोलीलाई सामाजिक क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ। दक्षिण अफ्रिका क्रिकेटका मेडिकल प्रमुख डा. सुएब मान्ज्राका अनुसार टोलीले लामो समय यात्रा गर्दा कोरोना संक्रमण हुन सक्ने जनाउँदै खेलाडीलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको बताएका छन्।

‘दक्षिण अफ्रिकी क्रिकेटले आफ्नो टोलीलाई भारत भ्रमणमा पठाएर नै जोखिम लिइसकेको थियो,’ डा. मान्ज्राले भने, ‘हामी चाहन्छौं अब जोखिम कम होस्। अहिले विश्वमै हरेक स्थानबाट कोरोना संक्रमण भइरहेको छ। हाम्रा खेलाडी पनि त्यो माध्यम नबनून्।’ मान्ज्राले आफ्ना टोलीलाई भारतमा पनि आइसोलेसनमा राखिएको बताउँदै उनीहरूलाई छुट्टै विमान चार्टर गरेर स्वाच्छ वातावरणमा स्वदेश ल्याइएको थियो।

उनले कोरोना संक्रमण हुन सक्ने सम्भावना भएकाले हाम्रा खेलाडीले स्वास्थ्य विशेषज्ञको सल्लाह सुझाव मान्नुपर्ने बताएका छन्। ‘उनीहरू स्वास्थ्यप्रति सजग खेलाडी हुन्,’ डा. मान्ज्राले भने, ‘त्यसैले उनीहरूलाई सेल्फ आइसोलेसन बस्न र सामाजिक क्षेत्रभन्दा टाढा रहन बस्न अनुरोध गर्दछु। उनीहरूलाई कम्तीमा पनि १४ दिन आफ्ना समुदाय र आम मानिसबाट टाढा रहन आग्रह गर्दछु।’

प्रकाशित: ६ चैत्र २०७६ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App