७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

उपप्रधानमन्त्री श्रेष्ठ र जापानकी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ।

निर्माण व्यवसायीको बाँकी भुक्तानी दिँदै जान्छौंः पूर्वाधारमन्त्री महासेठ

उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी भुक्तानी दिँदै जाने बताएका छन् ।

राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका छन्।

नेपालले मानव जीवनयापनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छः उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नेपालले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदरको न्यूनीकरण, औसत आयुमा वृद्धि गर्न सफलता हासिल गरेको बताएका छन्।

विकासका उपलब्धी जोगाउन सार्थक सहयोग अपरिहार्य: उपप्रधानमन्त्रीको जोड

उपप्रधान एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन्।

देशभर डढेलो, गृहमन्त्री रवि भन्छन्, ‘राहत दिन ढिलाइ गरिएको छैन’

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन्।

१६ औं पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयोः उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६ औं पञ्चवर्षीय योजनामा सनातनी र परम्परागत योजनाहरु रहेको बताएका छन्।

काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्योः गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन्।

तीन दशकको अभ्यासहरूलाई सच्याउन समय लाग्ने :गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकदेखिको अभ्यासहरूलाई सच्याउन समय लाग्ने बताएका छन्।

दाहाल ओलीसँगको छलफलपछि रविको प्रतिक्रिया: सत्ता गठबन्धनमा कुनै समस्या छैन

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

सरकारले नफर्काएपछि पुनः रुसी सेनाकै कब्जामा नेपाली

गत चैत ५ गते उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर आफ्नो सेनामा भर्ती नेपालीको करार रद्द गर्न रुस सरकार तयार भएको बताएका थिए।

मेरो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइयो: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका छन्।

सहकारी ठगीमा गृहमन्त्रीलाई प्रहरीको उन्मुक्ति

बुटवलस्थित सुप्रिम सहकारीका सेयर होल्डर लामिछानेले २ करोड ऋण लिएको तर ऋण चुक्ता नभएको देखिए पनि उनलाई प्रतिवादी नबनाई रूपन्देही जिल्ला अदालतमा सोमबार मुद्दा लगिएको हो।

वर्षा अगावै भूकम्प पीडितहरूकाे घर बनाइदिन गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोट लगायतका भूकम्प पीडितलाई वर्षात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्