१० मंसिर २०८१ सोमबार
image/svg+xml

पाँच लाख बढीको सेयर कारोबार गर्न प्यान अनिवार्य

आगामी वैशाख १ गतेदेखि पाँच लाख रुपैयाँ र सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताले अनिवार्य रुपमा प्यानको दायरामा आउनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काललाई पाँच लाखभन्दा बढीको कारोबार गर्नेहरुलाई अनिवार्य रुपमा प्यानको दायरामा ल्याएको हो।

प्यान ऐच्छिक बनाउन लगानीकर्ताको दबाब

सरकारले वैशाखदेखि सेयर खरिदमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लगाउने तयारी गरिरहेका बेला लगानीकर्ताले त्यसको विरोध गर्दै अनिवार्य होइन ऐच्छिक बनाउन दबाब दिन थालेका छन्। बुधबार लगानीकर्ताले राजस्व सचिव लालशंकर घिमिरेलाई भेटेर प्यान ऐच्छिक बनाउन दबाब दिएका हुन्।

दैनिक एक अर्ब ३० करोड ऋण लिँदै लगानीकर्ता

लगानीकर्ताले वाणिज्य बैंकहरुबाट दैनिक एक अर्ब ३० करोड रुपैयाँ ऋण लिने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा दुई खर्ब ७४ अर्ब ऋण लगानीकर्ताले लिएका छन्।

अर्थतन्त्रमा महिला नेतृत्व

अर्थतन्त्र राज्यको मेरुदण्ड हो। यसैको जगमा विकास र समृद्धि अडिएको हुन्छ। प्रगतिउन्मुख अर्थतन्त्रले मुलुकभित्र मात्र अवसरको सिर्जना गर्दैन बरु मुलुक बाहिरबाट पनि लगानीकर्ताहरूलाई आकर्षित गर्छ। तर राज्यमा सबै किसिमका कामहरूको सम्मान हुँदैन भने, काम गर्नबाट विभिन्न सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यताहरूलाई आधार बनाएर कुनै निश्चित समूहलाई बेवास्ता र विभेद गरिन्छ भने र कामअनुसारको समान ज्याला पाइन्न भने अर्थतन्त्र धान्ने ठूलो समूह विदेशिन बाध्य हुन्छन्।

सेयर खरिदमा प्यान लगाउने विषयमा विवाद

सरकारले नयाँ वर्षदेखि सेयर खरिदमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लगाउने तयारी गरिरहेका बेला लगानीकर्ता त्यसको विरोधमा उत्रिएका छन्। सरकारले वैशाखदेखि सेयर खरिद गर्दा अनिवार्य रुपमा प्यान लगाउने तयारी गरेको छ। तर, लगानीकर्ता भने अनिवार्य होइन् ऐच्छिक बनाउनु पर्ने भन्दै विरोधमा उत्रिएका छन्।

नेपालमा लगानी गर्न महासंघ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क मुलुकका   लगानीकर्ता तथा रोजगारदातालाई आग्रह गरेका छन्। दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै ढकालले यस्तो आग्रह गरेका हुन्।

प्यानको विरोधमा लगानीकर्ता

सेयर बजार निरन्तर ओरालो लागेका बेला वैशाख १ देखि साना लगानीकर्तालाई पनि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने सरकारको तयारीप्रति विरोध सुरु भएको छ। लगानीकर्ता संघका पदाधिकारीहरु आइतबार नेपाल धितोपत्र बोर्ड पुगेर साना लगानीकर्तालाई वैशाखदेखि नै प्यान लगाउन उचित नहुने भन्दै सुझावसहित विरोध जनाए। संघका पदाधिकारीले शुक्रबार नेपाल स्टक एक्सचेन्जमा गएर यस्तै विरोध गरेका थिए।

जनकपुर चुरोट कारखानाको भवन खाली गर्न निर्देशन

उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन्। चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उल्लेख गर्दै आइतबार कारखानाको पुरानो महानिर्देशक कार्यालयमा पत्रकार सम्मेलन गरी उनले भने, ‘अस्तिसम्म चुरोट कारखानाको आवास क्षेत्रमा प्रदेश सरकारको सचिवालय राखिएकोमा आज आउँदा कारखानाको बोर्ड हटाएर कारखानाको मूलगेटमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको बोर्ड झुन्ड्याइदिएको रहेछ।’

किन घटिरहेको छ सेयर बजार ?

वैशाखदेखि असोज महिनासम्मको सिजनलाई सेयर बजारको सिजन मानिन्छ। विगत १४–१५ वर्षको इतिहास फर्केर हेर्दा पनि यही देखिन्छ। ढिलोमा वैशाख महिनाबाट सेयर बजारमा प्रवेश गरेर कात्तिक महिनापछि बाहिर निस्कनु उपयुक्त मानिन्छ तर यो वर्ष भने सेयरको सिजनमा समेत लगानीकर्ताको ऊर्जा र उत्साह देखिएन।

ब्रोकर कार्यालयमा नयाँ लगानीकर्ता

प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा सेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन्।

‘करेक्सन’को बाटोमा सेयर बजार

मंसिर १९ गते १११८.१३ बिन्दुमा आइपुगेरको नेप्से पुस १ गते ११६७.६७ पुगेको छ। १५ दिनको अवधिमा नेप्से करिब ५० बिन्दुले उकालो लागेको छ। २०७२ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर पुनः बढ्नुलाई लगानीकर्ताहरु ‘करेक्सन’को बाटो रोजेको बताउँछन्।

लगानीकर्ताका लागि अशुभ वर्ष

सेयर धितोमा बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याज बढ्दा एक वर्षमा सेयर बजार मापक नेप्से ३९१.७९ बिन्दुले घटेको छ । आर्थिक वर्ष २०७४-०७५ मा सेयर बजार उच्च बिन्दुले ओरालो लागेका कारण लगानीकर्ताका लागि यो वर्ष निराशाजनक हुन पुग्यो।

साँवा र ब्याज भुक्तानीको चापमा सेयर लगानीकर्ता

सेयर लगानीकर्तालाई सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्ने दबाब परेको छ।

लगानीकर्ताले दुई महिनामै गुमाए पौने तीन खर्ब

सेयर बजार निरन्तर ओरालो लाग्दै गएपछि लगानीकर्ताले दुई महिनामै दुई खर्ब ७३ अर्ब गुमाएका छन् । वैशाख ९ गते १६ खर्ब ८६ अर्ब ७९ करोड रहेको बजार पुँजीकरण घटेर मंगलबार (हिजो) हुँदा १४ खर्ब १२ अर्ब ९६ करोड रुपैयाँमा आइपुगेको छ।

मौद्रिक नीतिको पखाइमा लगानीकर्ता

सेयर बजारका लगानीकर्ता नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि असारको पहिलो साता ल्याउन लागेको मौद्रिक नीतिको पर्खाइमा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्