२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीन नेपालको भरपर्दो साझेदार : महरा

चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भिन्न आकार र सामाजिक प्रणाली भएका नेपाल र चीनबीचको सम्बन्ध विश्वमै उदाहरणीय भएको बताएका छन् । बेइजिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशभित्र र बाहिर थुप्रै परिवर्तन भए पनि नेपाल–चीन सम्बन्ध भने झन्झन् मजबुत बन्दै गएको बताए ।

बाढी पीडितलाई एनआरएन क्षेत्रीय समिति यीवु, चीनको सहयोग

गैर आवासीय नेपाली संघ चीन क्षेत्रीय कमिटी, यीवुले महिना दिन अघिको बाढीबाट प्रभावित परिवारलाई १६ लाखभन्दा धेरैको कम्बल सहयोग गर्ने भएको छ । बाढीबाट प्रभावित परिवारलाई जाडो मौसममा पर्ने कष्टलाई केही सहयोग पुगोस् भनेर संघले न्याया कपडाको व्यवस्था गरिदिएको हो।

परराष्ट्रमन्त्री महरा चीन भ्रमणमा

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने चीन भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन गएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिएपछि नेपालबाट चीनमा भएको यो सबैभन्दा ठूलो उच्चस्तरीय भ्रमण हो ।

चीन भारत सम्वन्ध विश्वासमा आधारित: राष्ट्रपति सि

चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन् । चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ।

परराष्ट्रमन्त्री महरा भोलि चीन जाँदै

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भदौ २१ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् । उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो चीन भ्रमण हो ।

चीनको शंका कायमै

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई भित्रैदेखि समर्थन गर्छ भन्नेमा चिनियाँ अधिकारीहरूमा प्रशस्त दुविधा देखिएको छ । अघिल्लो साता कुन्मिङ र बेइजिङमा भएका अन्तरक्रियामा सहभागी चिनियाँ अधिकारीहरूले यस्तो आशंका गरेका हुन् ।

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

चीनमा रहेका नेपालीहरूलाई अहिले गैर आवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचनले छपक्कै छोपेको छ। सेप्टेम्बर ३ का लागि तोकिएको निर्वाचनका लागि विभिन्न पदमा चीनमा रहेका नेपालीहरूले उम्मेद्वारी दर्ता गराएका छन्। यी हुन् एनआएनए चीनको आगमी कार्यसमितिका उम्मेद्वारहरू।

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय, चीनबाट ल्याएर भारतमा बिक्री

उत्तरी नाकाबाट सुन भित्र्याउँदै भारतमा लिएर बिक्री गर्ने गिरोह सक्रिय हुँदै गएको पाइएको छ । खासगरी चीनसँग सीमा जोडिएका नाकामा नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै गिरोहले धमाधम सुन तस्करी गरिरहेको हो । पछिल्लो समयमा प्रहरीले चीनबाट २२ केजी सुन तस्करी गरेर भारतमा बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेपछि संगठित गिरोह सक्रिय भइरहेको तथ्य खुलेको छ ।

चीनले बनायो मानवीय गुण भएको सेक्स डल

चिनियाँ कम्पनीले मानवीय स्वभाव भएका सेक्स डल निर्माण गरेका छन् । जसले रिसाउँदा पनि गीत गाउने तथा हँसाउने गर्छन् ।

दोक्लाममा चिनियाँ सेनाले गस्ती गर्छः चीन

महिनौं लामो सिमा विवादपछि भारतीय सेना भारत, चीन र भुटानबीचको विवादित भूमि दोक्लाममा आफ्नो सेनाले भने उक्त क्षेत्रमा गस्ती गरिरहने चीनले मंगलबार बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयियाङले दोक्लाम क्षेत्रमा भारत र चीनबीच विवाद निम्त्याएको चिनियाँ सडक निर्माण कार्य भविष्यमा निरन्तरता हुने वा नहुने भन्ने विषयमा भने खुलासा गर्न अस्विकार गरेकी छिन्।

दोक्लम विवाद समाधान दुवै पक्षको हित: चीन

दोक्लम  विवाद समाधान दुवै पक्षका लागि हितकर भएको चिनियाँ विदेश मन्त्रालयको दाबी छ।  विवादित क्षेत्र दोक्लमबाट भारत तथा चीन दुवैले आफ्ना  सैनिक फिर्ता गरे पश्चात दुई देशबीचको सीमा विवादको अन्त्य भएको छ ।

चीनले बनायो प्रतिघण्टा ३५० किलोमिटरको गतिमा चल्ने रेल

चीनले प्रतिघण्टा ३५० किलोमिटर गतिमा चल्न सक्ने बुलेट रेलको निर्माण गरेको छ ।

नेपाल-चीन पेट्रोलियम पदार्थ अन्वेषण सम्झौता सम्पन्न

चीनले चार महिनाअघि नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको पहिलो चरणको पूर्व सम्भाव्यता अध्ययनपछि अन्तिम सम्झौता गरेको छ। मंगलबार दुई देशबीच पेट्रोलियम पदार्थ अन्वेषणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपालको विकास उच्च प्राथमिकतामा : चीन

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। दुवै भेटमा उनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा सघाउन चीन तयार रहेको सन्देश दिएका छन्।

चीनद्वारा उत्तर कोरियाको कोइला, फलाम अायातमा प्रतिबन्ध

चीनको वाणिज्य मन्त्रालयले मंगलबारदेखि लागु हुने गरी उत्तर कोरियाबाट आयात हुँदै आएको कोइला, फलाम, कच्चा लिड लगायतका सामाग्रीहरूको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्