१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कमजोर शिक्षण सिकाइले समस्यामा विद्यार्थी

मंगलबार विज्ञान विषयको परीक्षामा खण्ड सी र डी निकै नै अप्ठ्यारो प्रश्न सोधिएको परीक्षामा सहभागी परीक्षार्थी हिमान्सु कर्णले सुनाए। कालिमाटीस्थित जनप्रभात माविका विद्यार्थी उनी विद्यालयमा मुस्किलले साढे तीन महिना मात्र भौतिक उपस्थितिमा पढाइ भएको तर एसइईको गणित, विज्ञानलगायतका अप्ठ्यारा विषयमा अवधारणामा आधारित प्रश्न सोधिएकोले समाधान गर्न चुनौती थपिएको बताए।

आजबाट एसइईः कता गए ८ लाख विद्यार्थी?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार २०६९ सालमा कक्षा १ मा १२ लाख ७६ हजार २ सय ४० विद्यार्थी भर्ना भएका थिए। तीमध्ये कक्षा १० मा एसइई दिनेहरू ४ लाख ९४ हजार ६ सय ८१ मात्र छन्। कक्षा १ देखि १० सम्मको अवधि पार गर्दासम्म ७ लाख ८१ हजार ५ सय ५९ विद्यार्थी बीचैमा हराएको सरकारी तथ्यांक छ।

एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता

भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ। प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ। यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ।

डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै

सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० वढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन्। जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताए।

एसइई परीक्षाका लागि ताप्लेजुङमा १७ जना केन्द्राध्यक्ष तोकिए, २२ सय बढी परीक्षार्थी

माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ताप्लेजुङमा कायम भएका १७ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकिएका छन्।

म्यादी प्रहरीको परीक्षामा ढिलाइ

स्थानीय निर्वाचनका लागि खुला गरिएको म्यादी प्रहरी भर्ना प्रक्रियाअन्तर्गत बारामा लिने भनिएको म्यादी प्रहरीको लिखित परीक्षामा शनिबार ढिला गरी गरिएको छ।

एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन्।

अब एसइई कम उमेरकाले पनि दिन पाइने

यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ। जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन्।

दुई महिनामा बाँकी सेवाग्राहीको चालक अनुमतिपत्र परीक्षा लिइसकिने

अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ।

एसइईका लागि २ हजार २७ परीक्षा केन्द्र

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सातवटै प्रदेशबाट यसपटक कुल चार लाख ९४ हजार छ सय ८१ परीक्षार्थीले दुई हजार २७ परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन्।

सात प्रदेशकै एसइई नतिजा फरकफरक समयमाः शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले माघको पहिलो साता २०७८ को एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी संविधानको मर्मअनुसार प्रदेश सरकारलाई नै दिने प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेका थिए। सोही प्रस्तावलाई शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्मा लगेका थिए।

‘एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारीमा छौं’

एसइई सञ्चालन, व्यववस्थतापन, उत्तरपुस्तिका परीक्षण, समपरीक्षणसम्मको कार्य प्रदेश सरकारबाटै गराउने सरकारी तयारी छ। अध्यक्ष शर्माले यस पटकको एसइईमा हालसम्म प्राप्त भएको तथ्यांकअनुसार ५ लाख विद्यार्थी सहभागिता जनाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच बुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्थगित गरिएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए।

एसइई परीक्षा भौतिक उपस्थितिमै हुने, बोर्डद्वारा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा बैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ।

बैशाख ९ गतेदेखि एसईई परीक्षा हुने

माध्यमिक शिक्षा एसईई परीक्षा बैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्