६ आश्विन २०८१ आइतबार
image/svg+xml

कास्की २ मा साझा पार्टीबाट केसी उम्मेदवार

आगामी मंसिरमा हुने उपनिर्वाचनमा साझा पार्टीले कास्की–२ मा रजनी केसीलाई उम्मेदवार बनाएको छ। साझा पार्टीको दुईदिनसम्म पोखरामा बसेको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। केसीलाई उम्मेवार चयन गरेको निर्णय पत्रकार सम्मेलन गरेर साझा पार्टीले सार्वजनिक गरेको छ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ।

राप्रपाले उपनिर्वाचनमा सहकार्य नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४गते हुने उपनिर्वाचनमा अन्य पार्टीहरूसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

नेकपा सचिवालय बैठक सम्पन्न, प्रदेश कमिटीलाई दियो निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले यस्ताे निर्देशन दिएकाे हाे।

मेयरमा हर्क सम्पाङको स्वतन्त्र उम्मेद्वारी

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयर पदको लागि हर्क सम्पाङ राईले स्वतन्त्र उम्मद्वारी दिने घोषणा गरेका छन्।

बाग्लुङको उपनिर्वाचनमा ३८ हजार मतदाता

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

उपनिर्वाचनका लागि चितवनबाट काङ्ग्रेसद्वारा उम्मेदवार छनोट

नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको हो।

उपनिर्वाचनका लागि दलको चुनाव चिह्नः भाले, ट्याक्टर, हवाइजहाजदेखि लाउडस्पिकरसम्म

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ। आयोगको बिहीबारको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो।

कास्कीमा उम्मेदवार बन्न ओली र प्रचण्डले गरेको प्रस्ताव वामदेवद्वारा अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न अस्वीकार गरेका छन्। आगामी मंसिरमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वामदेवलाई शनिबारको केन्द्रीय सचिवालय बैठकमा कास्कीको रिक्त प्रतिनिधिसभा पदमा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

उपनिर्वाचनका लागि मंगलबारसम्म १९ दल दर्ता

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता भएका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम प

उपनिर्वाचनका लागि १३ दल दर्ता

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकीकरण भएका, नाम परिवर्तन भएका दलहरूलाई उपनिर्वाचनका लागि आयोगले आह्वान गरेबमोजिम १३ दल उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका हुन्।

जनताको मन जित्न देउवाको निर्देशन

धरानमा आगामी मंसिर १४ गते नगर प्रमुख र वडा नं ७ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हँुदैछ। उक्त निर्वाचन जित्नका लागि नै कांग्रेसले जनताको मन जित्नुपर्ने सभापति देउवाको भनाइ थियो।

उपनिर्वाचनका मतदाता ४ लाख ४७ हजार

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा कविर ४ लाख ४७ हजार मतदाताले मतदान गर्ने भएका छन्।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ।

उपनिर्वाचनको लागि दल दर्ताका आह्वानः सत्तारुढ नेकपाले पनि दर्ता गुर्नपर्ने

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्