४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल-मलेसिया खेल आज

भारतको सिलगुडीमा यसै महिना हुने चौथो महिला साफ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले शनिबार एन्फा कम्प्लेक्सको सातदोबाटोस्थित घरेलु मैदानमा मलेसियासँग अभ्यास खेल खेल्ने भएको छ।

तीन करोडको कोकिनसहित दुई मलेसियाली पक्राउ

मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको छ।

मलेसियामा नेपालीको मृत्यु

सल्यान—रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ।

मलेसियाले फेरि शुल्क बढायो

कामका लागि मलेसिया पुगेका कामदार रोजगारदाता र स्थानीयबाट पीडित हुने क्रम जारी रहेको बेला मलेसिया सरकारले कामदारलाई आर्थिक भार पर्ने गरी 'वन स्टप सेन्टर'को नाममा थप शुल्क उठाउने तयारी गरेको छ।

मलेसिया जाने कामदारले थप रु दुई हजार ८०० तिर्नुपर्ने

मलेसिया जाने नेपाली कामदारले प्रवेशाज्ञा प्रक्रियाका नाममा थप रु दुई हजार आठ सय बढी तिर्नुपर्ने भएको छ ।  नेपालस्थित मलेसियाली दूतावासले आज सूचना जारी गर्दै ‘वान स्टेप सेन्टर’ प्रणाली अन्तर्गत मलेसियाको प्रवेशाज्ञा प्रक्रियाका लागि अब रु छ हजार ७०० लाग्ने जनाएको छ ।

मलेसियामा एक नेपालीको मृत्यु

दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ।

कारको ठक्करबाट मलेसियामा नेपाली महिला कामदारको मृत्यु

खोटाङ-कारको ठक्करबाट मलेसियामा एक नेपाली महिला कामदारको मृत्यु भएको छ। बातुपाहतमा रहेको मिओ–मिओ फुड कम्पनीमा कार्यरत ईलामकी संगीता राईको बाटो पार गर्नेक्रममा कारको ठक्करबाट शनिबार मृत्यु भएको हो।

मलेसियामा गाडी दुर्घटना, कम्पनीले उपचार नगर्दा घाइते नेपालीको बिजोग

ड्युटीमा जाँदै गर्दा कम्पनीको गाडी दुर्घटनामा परी घाइते भएका एक नेपाली मलेसियाको अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्। १० दिन बित्दासमेत कार्यरत कम्पनीले उपचारमा चासो नदिएको घाइतेका साथीको भनाइ छ।

मलेसियाबाट १६ नेपाली घर फर्काइए, काे काे छन् सूचीमा ?

काठमाडौं– मलेसियामा जेल सजाय काटिसकेपछि घर फर्किने भाडा नभएर घरफिर्ती केन्द्रमा बसिरहेका १६ जना नेपाली युवालाई आज मलेसियास्थित नेपाली दूतावासले निशुल्क टिकटमा नेपाल पठाएको जनाएको छ। उनीहरुलाई नेपाल एयर लाइन्सको उडान नं. ५१३ मार्फत घर(नेपाल) पठाएको दुताबासले विज्ञप्तीमार्फत जनाएको छ।

‘मलेसियामा बितेको छोराको लास ल्याउन पनि सकिएन’

जाजरकोट– “हामी गरिबलाई के थाहा र ! कमाइ गर्न गएको छोरो कहाँ काम गथ्र्यो ? कस्तो कम्पनीमा काम गथ्र्यो ?” मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने, “छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र ?”

मलेसिया पुगेपछि मन्त्रीको टोलीमा खटपट, आधी फर्किए

काठमाडौं—नेपालका सरकारी अधिकारी कति अव्यवस्थित र योजनाविहीन तरिकाले काम गर्छन् भन्ने उदाहरण मलेसिया भ्रमणमा पनि देखिएको छ। मलेसियामा काम गर्दै आएका श्रमिकको अवस्था बुझ्न भन्दै श्रम तथा रोजगार मन्त्री दीपक बोहराको नेतृत्वमा गएको ‘जम्बो’ टोलीमै खटपट भएपछि टोलीका आधा सदस्य बिहीबार स्वदेश फर्केका छन्।

मलेसियामा फसेका २९ को उद्धार

काठमाडौं– मलेसियाका विभिन्न घरफिर्ती केन्द्रमा रहेका २९ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्