२० असार २०८१ बिहीबार
image/svg+xml

कांग्रेसको निर्वाचन समिति संयोजकमा यादवको राजीनामा, घिमिरे मनोनित

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

एमाले महाधिवेशन आज उद्घाटन हुँदै

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।

कांग्रेसमा झन् कसिलो बन्दै गुट

पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्‍याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्।

कांग्रेस संस्थापन इतर पक्ष: सहमति छाडेर आरोप–प्रत्यारोपमा

संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए।

सभापतिमा पुनः शेरबहादुर देउवालाई नै ल्याउनु पर्छः गृहमन्त्री खाँण

बिगतमा प्रधानमन्त्री र पार्टी सभापति फरक– फरक हुँदा काँग्रेसका मूर्धन्य नेताहरु बिचकै अन्तरसंघर्षले बहुमतको सरकार ढलेको स्मरण गर्दै गृहमन्त्री खाँणले आगामी महाधिवेशनमा प्रधानमन्त्री देउवालाई नै पार्टी सभापति बनाउनु पर्नेमा जोड दिए।

चुनावअघि महाधिवेशन टार्ने दाउमा देउवा

संवैधानिक छिद्र र सत्ताको प्रभावमा कांग्रेसले आफ्नो महाधिवेशन प्रक्रिया सुरु भएको देखाउँदै मंसिरमा गर्ने निर्णय गरेको थियो। तर पछिल्लो अवस्थाअनुसार मंसिरमा समेत हुन असम्भवजस्तै देखिएको छ।

देउवा पछ्याउँदै पौडेल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बाढी प्रभावित क्षेत्रमा निरीक्षण गरेको हप्ता दिन नहुँदै उनकै दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः उक्त क्षेत्रमा निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले निरीक्षण गरेको पाँच दिनपछि वरिष्ठ नेता पौडेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बर्दियाका बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।

काँग्रेसलाई सबल बनाउनु र गुटबन्दी मुक्त गर्नु अहिलेको आवश्यकता: सिंह

उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै काँग्रेसलाई सबल बनाउन र गुटबन्दीबाट मुक्त गर्नु अहिलेको आवश्यक्ता भएको बताए।

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्धः सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन्। उनीहरू अहिले वडा तहबाटै आफू निकट प्रतिनिधिहरू बढीभन्दा बढी ल्याउने र बलियो भएको सन्देश दिने रणनीतिमा छन्।

आशा देखाउनेहरूका नाममा

लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।

देउवाप्रति आक्रामक बन्दै पौडेल पक्ष

डडेलधुरा, सुनसरीलगायत अन्य कतिपय ठाउँमा गरिएको वडा अधिवेशनमा शक्ति र सत्ताको चरम दुरूपयोग भएको भन्दै पौडेल पक्षले १४औं महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको जनाएको छ ।

सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

एमसिसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्