‘अरूलाई असर नपार्ने गरी चाडपर्व मनाऔं’
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वमा खुसियाली मनाउँदा टोल, छिमेकी र समुदायलाई प्रभावित नपार्न सचेत गराएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वमा खुसियाली मनाउँदा टोल, छिमेकी र समुदायलाई प्रभावित नपार्न सचेत गराएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँगाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो।
श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो।
नवरातको सुरुवात भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नवरात्र भर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको हुँदा भवन निर्माणको माग गरेको छ।
ताप्लेजुङमा राष्ट्रिय परिचय–पत्रका लागि ६५ हजारभन्दा बढीले नाम दर्ता गराएका छन्।
ताप्लेजुङमा निर्माणाधिन मध्य तमोर जलविद्युत आयोजनाले फागुन १५ गतेबाट विद्युत उत्पादनको परीक्षण सुरु गर्ने भएको छ।
ताप्लेजुङमा आगामी ५ वर्षमा घर निर्माण र मर्मतका लागि मात्रै करिब १० लाख घन फिट काठ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ।
ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ। हिउँदमा हिमपात हुने हुँदा उनीहरू चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन्।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेबाट पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाईते भएका छन्।
ताप्लेजुङको फुङलिङ बजारमा घरको छतबाट चिप्लिएर ७ वर्षीय बालकको मृत्यु भएको छ।
ताप्लेजुङको फुङलिङमा सञ्चालित ४० वर्षभन्दा माथिको उमेर समूहको दौड प्रतियोगिताको पुरुषतर्फ गणेशबाबु निरौला र महिलातर्फ सविता गौतम प्रथम भएका छन्।
प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो।
जुट विकास फुटबल एकेडेमी ईटहरी सुनसरीलाई १–० ले पराजित गर्दै रेडहर्ष ताप्लेजुङ गोल्डकपको पहिलो संस्करणको च्याम्पियन बनेको हो।
प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो सेमिफाइनल खेलमा रेडहर्ष फुटबल क्लब इलाम र रेडस्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ।